बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

कस्ले मान्ने प्रधानमन्त्रीको निर्देशन ?

बुधवार , बैशाख १०, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको समयमा यात्रुहरुलाई ओसारपसार गरेर उदारता नदेखाउन आग्रह गर्नुभएको थियो । तर, प्रधानमन्त्रीको निर्देशन विपरीत स्थानिय तहले आफ्ना नागरिकलाई राजधानीबाट गाउँसम्म पुर्‍याइरहेका छन् । प्रधानमन्त्रीले खान नपाएर कोहि गाउँ फर्किन खोजेको छ भने उनीहरुलाई खाद्यान्न आपूर्ति गर्नु भन्ने निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएपनि आवतजावतको क्रम रोकिएको छैन । यदि कोही खान नपाएरै गाउँ जान लागेको भए त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्ने सरकारको पहल फेल खाएको छ । सरकारले अ'लपत्र परेका नागरिकलाई सु'रक्षितसाथ राख्न सकेको छैन । उनीहरुलाई खाद्यान्नको अभाव हुन नदिन सरकारको पहल भएपनि पूर्णता पाएको छैन । यस्तो अवस्थामा जनप्रतिनिधिले आफ्ना नागरिकलाई उ'द्धार गर्नुपर्ने बाध्यता छ । देशका कार्यकारी प्रमुखको निर्देशन विपरीत भइरहेको उ'द्धार कार्यले प्रधानमन्त्रीको निर्देशनको ध'ज्जी उडेको छ । प्रधानमन्त्रीले निर्देशन दिनु अघि सम्पूर्ण तयारी गर्नुपर्दथ्यो । प्रधानमन्त्रीको यस्तो फितलो निर्देशनले प्रमप्रति जनताको विश्वास उड्न सक्दछ ।

तसर्थ, सम्माननिय पदमा रहेको प्रधानमन्त्रीले निर्णय गर्नुअघि पुर्वतयारी अपनाउनुपर्छ । अतः प्रधानमन्त्रीले आफ्नो निर्देशना पालना गराउनकालागि आफू स्वयंले पनि त्यस्को वातावरण बनाउन जरुरी छ ।

प्रतिक्रिया