शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

थप १० जना कोराना सं’क्रमित

मंगलवार , बैशाख ९, २०७७

काठमाडौँ, ५ वैशाख- उदयपुरमा आज थप १० जनामा को'भिड–१९ को सं’क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले को'भिड–१९ को परीक्षणका क्रममा १० जनामा सं’क्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा आठजना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामा दुईजनाको सं’क्रमण देखिएको थियो । उहाँले ती सं’क्रमित यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा रहेका सं’क्रमितमध्येकै समुदाय नै रहेको जानकारी दिनुभयो ।

यति धेरैको सङ्ख्यामा सं’क्रमित देखिएको यो दोस्रो पटक हो । यसअघि वैशाख ५ गते उदयपुरमा एकै पटक १२ जनामा सं’क्रमण देखिएको थियो । यसअघि आजै नै उदयपुरका ३३ वर्षीय पुरुषमासं’क्रमण देखिएको थियो । योसँगै उदयपुरमा सं’क्रमितको सङ्ख्या २४ पुगेको छ । यो तीन महिनामा सं’क्रमितको सङ्ख्या ४२ पुगेको छ । नेपालमा पहिलो पटक माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएकामा सं’क्रमण देखिएको थियो ।

प्रवक्ता अधिकारीका अनुसार आज पुष्टि भएका सं’क्रमितमा दुई १८, एक २०, एक ४०, दुई ४१, अर्का ५२ र ५८ वर्षीय पुरुष, ३६ वर्षीय महिला र एकजना उमेर नखुलेको महिला रहेका छन् ।

उनीहरु सबैको बिराटनगरस्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले यसअघि उदयपुरमा देखिएका सं’क्रमितको संसर्गमा रहेका २६० जनामध्ये काठमाडौँस्थित प्रयोगशालामा परीक्षणका क्रममा दुईजनाको सं’क्रमण देखिएको र अन्य २० जनाको हाल टेकुस्थित प्रयोगशालामा प'रीक्षण भइरहेको जानकारी दिनुभयो ।

यसैगरी अन्य थप ६९ जनाको विराटनगरस्थित कोशी अस्पतालमा परीक्षण गर्दा आठजनामासं’क्रमण देखिएको थियो । ती सबैको सोमबार नमूना सङ्कलन गरी अस्पतालमा पठाइएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताउनुभयो । सं’क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा रहेका सं’क्रमितमध्ये चारजना उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया