बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

विचल्लीत पार्ने अध्यादेश

मंगलवार , बैशाख ९, २०७७

देशमा अहिले कोरोना भा'इरस (को'भिड–१९) ले अनेकौँ स'मस्या सिर्जना गरिरहेको छ । जनजिविका अस्तव्यस्त बनेको छ भने धेरै नागरिक सडकमा अलपत्र परेका छन् । देशको अर्थतन्त्र विजोग नहुने त कुरै भएन । विश्वनै कोरोनाको म'हामा'रीबाट वि'चल्लीत बनिरहेको अवस्थामा नेपाल पनि त्यसबाट टाढा हुन सकेको छैन । वर्तमान समय भनेको सं'कटको समय हो । अहिले सरकारले मात्र नभएर प्रतिपक्ष दल देखि हरेक नागरिक एक्यबद्ध भएर अघि बढ्नु पर्छ । तर, सोमबारको राजनैतिक घट्नाक्रमले भने कोरोना भा'इरसको मुख्य स'मस्यालाई विषयान्तर गरेर राजनैतिक द्व'न्दतर्फ धकलेको छ । सरकारले सोमबार ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेशले राजनैतिक विचलन खडा गरेको छ । सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले कोरोना भा'इरसतर्फ केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीले चालेको उक्त कदम असान्दर्भिक देखिएको छ । कालान्तरमा उक्त अध्यादेश देशकालागि आवश्यक परेपनि अहिलेकोलागि भने अध्यादेश देशकालागि घात बन्न सक्छ । किनभने, सत्तारुढ दलका शिर्ष नेता एवं मन्त्रीपरिषदमा नै प्रधानमन्त्रीको निर्णयले ब'बण्डर मच्चाइरहेको छ । सम्पूर्ण राज्यशक्तिको ध्यान भाइरस तर्फ केन्द्रित नभई सत्तातर्फ केन्द्रित बनेको छ ।

अतः राष्ट्रपतिबाट नै अध्यादेश पारित भइसकेको अवस्थामा अहिलेका लागि पार्टी फु'टाउने वा राजनैतिक घ'ट्नाक्रमलाई परिवर्तन गर्ने तर्फ राज्यशक्ति लाग्नुहुदैँन । कोरोनाको म'हामा'रीलाई मुख्य मुद्धा बनाएर राज्यका शक्ति लागिपर्न आवश्यक छ ।

प्रतिक्रिया