शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

थप आठ जनामा कोरोना सं'क्रमण पाइयाे

मंगलवार , बैशाख ९, २०७७

काठमाडौं, बैशाख ९ गते - उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना सं'क्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पो'जेटिभ पाइएको छ ।

आठ जनामा पहिलो परीक्षणमा पोजेटिभ देखिएकाले स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ को'भिड सूचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो । थप पुष्टिका लागि स्वाबलाई धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उहाँले बताउनुभयो ।

थप आ'शंकित त्यहाँका आठ घरका मुली भएको र उनीहरुका परिवारका अन्य सदस्यको स्वाब पनि नेपाली सेनाले हिजो संकलन गरी सकेको छ तर त्यसको नतिजा आउन बाँकी छ ।  पहिलो चरणको परीक्षणमा कोरोना पुष्टि भए पछि आठै जनालाई उपचारका लागि एम्बुलेन्सबाट धरान लगिएको उदयपुर जिल्ला जनस्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया