प्रसिद्ध
जनकपुर ब्युरो सदस्य तथा , सिन्धुली जिल्ला सेक्रटरी
१. कोरोना (को’भिड १९)
सन् २०१९ को डिसेम्बर १० मा चिनको वुहान सहरमा देखिएको कोरोना (को’भिड १९) का कारण आज विश्व महामारीको सं’कटवाट गुज्रिरहेको छ । चिनको वुहान सहरका जनताले सायद यो कहालिलाग्दो अवस्था कहिले भुल्ने छैन । यो आलेख तयार हुदै गर्दा विश्वका २ सय भन्दा वढी देशमा भन्डै १५ लाख मानिसहरु यस भा’ईरसका कारण सं’क्रमित भैसकेका छन भने १ लाख भन्दा बढीको को मृ’त्यु भैसकेको छ । म’हामा’रीको यो रुप यतिमै सिमित नभई अझै वढ्दै जाने संकेत प्रष्ट देखिन्छ । कतिपय वुद्धिजिविहरुले यसबाट सन् १९३९–सन् १९४५ सम्म चलेको दोस्रो विश्वयुद्घ पछिकै मानविय क्षति हुने आंकलन गरेका छन् । यस्तो लाग्छ कोरोना (को’भिड १९) ले आजको विश्व, विज्ञान र प्रविधिको बिकास, मेडिकल क्षेत्रले गरेको उल्लेखनिय प्रगती र उच्चतम श्रोत साधन यी सबैलाई मात खुवाईदिएको छ ।
२. नेपालमा माहामारी
नेपाल पनि कोरोना (को’भिड १९) को उच्च जो’खिममा छ । हालसम्म ९ जनामा सं’क्रमण देखिएसँगै यसको खतरा वढ्दो छ । पछिल्लो समय सुदुरपश्चिमको धनगढीमा एक व्यक्तिवाट अर्को व्यक्तिमा यो भाईरसको सं’क्रमण फैलिएसँगै आम नागरीकमा जनचिन्ताको विषय वनेको छ । हुन त नेपालले यस अघिपनि धेरै किसिमका म’हामा’री भोग्दै आएको छ । नेपालमा सन् १९४८ मा फैलिएको नि’मोनिया, सन् १९५९ मा फैलिएको टा’इफाईड, सन् १९६५ मा फैलिएको का’लाज्वर, सन् १९९५ मा गोरखा तथा आसपासका हिमाली भेगमा ४३ जनाको ज्या’न जानेगरी फैलिएको भा’इरल डि’जिज, सन् १९९९ मा १२०७ जनाको ज्यान लिएको टा’इफाईड र को’लेरा, सन् २००९ मा जाजरकोटमा फैलिएको है’जाँँ र त्यसैगरी २०१० मा फैलिएको डं’ेगु रो’ग र बि.स.२०७२ सालमा गएको म’हाभु’कम्प र त्यसपछी देखिएको टा’इफस जस्ता म’हामारी भोगिसकेका उदाहरणहरु हुन । म’हाभु’कम्पबाट मात्र नेपालमा झन्डै १० हजार मानविय क्ष’ति भएको थियो भने त्यसबाट अझैपनि माथि उठिनसकेको अवस्था छ । यस्ता अनेक किसिमका म’हामा’रीको अवस्थामा नेपाली जनताको जिवन अत्यन्त कष्टकर, पिडादायी वनेको थियो भने ठुलो संख्यामा मानविय क्षति पनि भएको विभिन्न अध्ययन तथा प्रतिवेदनले देखाएको छ । राज्यवाट वेलैमा खासै प्रभावकारी पहलकदमि लिन नसकेका कारण मानविय क्ष’ति भएको देखिन्छ ।
३ अ’सफल बन्दै पुँजीवाद
भनिन्छ ठुला ठुला सं’कट तथा महामारीले नै नयाँ पाठ सिकाउँदै नया अवसर प्रदान गर्दछ । कोरोना ( को’भिड १९) ले निम्त्याएको म’हामा’रीबाट आज विश्व समुदाय नयाँ सिराबाट सोच्न बाध्य भएको छ । यतिखेर विश्वभरका बुद्घिजिविहरु पनि यो म’हामारी पश्चात विश्व नयाँ चरणमा प्रवेश गर्ने बताईरहेका छन् । यहिबाट लामो समय देखि जरो गाडेको पुँजीवादको अन्त्य हुने कतिपय बुद्घिजिविहरुको ठम्याई रहेको छ । कोरोना ( को’भिड १९) ले विश्वभर निम्त्याएको म’हामा’री बाट देखिएको दृश्यले पनी यो कुरा प्रष्ट पारेको देखिन्छ । उदाहरणको रुपमा आफुलाई सर्वशक्तिमान ठान्ने सा’म्राज्यवादी तथा पुँजीवादी मुलुक अमेरीका लाई लिन सकिन्छ । जतिबेला चिन वुहान सहरलाई पुर्णरुपमा लकडाउन गर्दै कोरोना (को’भिड १९) को म’हामारी बिरुद्ध आफना नागरिकको ज्यान जोगाउन एक्लै लडिरहेको थियो, त्यतिबेला अमेरिका भने चिनलाई गिज्याईरहेको देखिन्थ्यो । अमेरिकाले यसले पार्ने असर बारे गम्भीर रुपमा लिएन । तिब्र रुपमा कोरोना सं’क्रमण फैलिएसँगै स्थिति भयावह हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले म’हामा’रीको घोषणा गर्न पुग्यो । तर पनि अमेरिकाका राष्ट्रपती ट्रम्प भने कोरोनाकै कारण आफनो देश ब’न्द नहुने र अमेरिका ब’न्द हुन बनेको देश होईन भन्ने खालका गेैरजिम्मेबार अभिब्यक्ती दिईरहेका थिए । तर आज कोरोना नै अमेरिकाका लागि घा’तक साबीत भैरहेको छ । कोरोनाले अमेरिकाको सम्पुर्ण तागत ध्व’स्त बनाईदिएको छ । यो आलेख तयार पार्दा सम्म अमेरिकामा मात्रै २० हजार भन्दा बढिको मृ’त्यु र पाँच लाख भन्दा बढि सं’क्रमित देखिएको छ । न्युयोर्क सहरमा मात्र ठुलो मानविय क्ष’तिका कारण सामुहिक च्या’न खन्न बाध्य छ अमेरिका । यस्को एउटै कारण सा’म्राज्यवादी तथा पुँजीवादी मुलुक अमेरीकाले सुरुवात देखि नै नागरिकहरुको सुरक्षामा गम्भीर नभएको भन्ने देखाउँछ । यसले अमेरिकाको असफल पुँजीवादी चरित्र पनि उजागर गरेको छ । अझैपनी अमेरिकाले चिन र विश्व स्वास्थ्य संगठनलाई बिभिन्न आरोप लगाईरहेका छन् ।
तर चिनले भने महामारी रोक्न २२ लाख टन भन्दा बढि मात्रामा स्वास्थ्य सामाग्रीहरु, १७ हजारभन्दा बढी भेन्टिलेटरहरु र ४२ हजार भन्दा बढि मात्रामा स्वास्थ्यकर्मीहरु वुहान सहरमा मात्र परिचालन गरेको थियो । विश्वलाई नै चकित पार्दै १० दिन भित्र कोरोना संक्रमित बि’रामीहरु उपचारका लागि मात्र १००० संय्याँको अस्पताल बनाएको थियो । यहिकारण चिनले भने आज यो म’हामा’री लगभग कन्ट्रोलमा ल्याएको छ । सुरुवात बाट नै आक्रामक तथा प्रभावकारी कदम चालेर कोरोना विरुद्ध ल’ड्न चिनले विश्वलाई एउटा गतिलो पाठ पनि सिकाएको छ । त्यहि पाठ सिक्दै आज अमेरिका मात्र होईन, विश्व नै पुर्णरुपमा लकडाउनको अवस्थामा छ । चिन भने अहिले विश्वभर आप्mनो सहयोगको हात अगाडी बढाईरहेको छ ।
कोरोना म’हामा’रीको घातक रुप अन्य साम्राज्यवादी तथा पुँजीवादी र शक्तिशाली भनिएका मुलुकहरु बेलायत, फ्रान्स, ईटाली, स्पेन हुदै पछिल्लो समय भारत मा पनि देखिएको छ । यी मुलुकहरुले पनि चिनको वुहान सहरमा देखिएको कोरोनाको म’हामा’रीलाई गम्भीर रुपमा लिएको पाईएन । आफुलाई जति नै शक्तिशाली ठाने पनि यी मुलुकहरु पनि आफ्ना नागरिकलाई सुरक्षित राख्न र कोरोना म’हामा’री रोक्न अ’सफल साबित भएको देखिन्छन । अहिले कोरोना म’हामा’रीको बि’कराल रुप यी मुलुकहरुले पनि भोगिरहेका छन् । त्यरकारण यो म’हामा’रीले एउटा पाठ भने पक्कै सिकाएको छ, त्यो हो सा’म्राज्यवादी तथा पुँजीवादी मुलुकहरु अमेरीका, बेलायत तथा भारत लगायत भन्दा आफुलाई समाजवादी मुलुक ठान्ने चिन, क्युवा, भियतनाम र उत्तरकोरीया लगायतका मुलुकहरुले ग’म्भीर भएर कोरोनाको म’हामा’रीबाट मानविय क्ष’ति कम गराई सं’क्रमण फैलिन नदिन उच्च प्रभावकारी भुमिका खेलेको देखियो । त्यसकारण आजको विश्वमा पुँजीवादले मानविय रक्षा र बिकास गर्न सक्दैन र यो पुर्णरुपमा अ’सफल भैसक्यो भन्ने तथ्य प्रमाणित गर्दछ ।
यता हाम्रो देश नेपालमा पनि कोरोनाको संक्रमण देखिए सँगै जनतामा त्रा’स पैदा भएको छ । मुलुक लकडाउनको अवस्थामा छ । तर लकडाउन र सिमित क्वारेन्टाईन जोन तथा आईसुलेसन वार्ड र सिमित ठाउँमा कोरोना संक्रमण जाँच्ने (र्यापिड टेस्ट) गरीनुले मात्र यो सं’क्रमणवाट जोगिन सकिन्दैन भन्ने कुरा बिभिन्न घटना तथा तथ्यहरुले साबित गरीसकेको छ । राज्यद्घारा भारतवाट आएका सिमानामा अलपत्र नागरिकहरुको वेलैमा व्यवस्थापन गर्न नसक्दा अर्कै वाटो भएर नेपाल प्रवेश गर्न बाध्य भएका कतिपय नागरिकहरुका कारण झन् बढी खतरा भएको छ । कोरोना को’भिड १९ परिक्षणका लागि प्रत्येक स्थानिय तहका वडा वडामा पहुच पुर्याउन नसक्नु र दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने मजदुर, सुकुम्वासी, अति विपन्न वर्ग लगायत सम्पूर्ण श्रमिक वर्गका जनतालाई रा’हत वितरण गर्न ढिलाई गर्नुले यो द’लाल पुँजीवादी व्यवस्था वाट जनताको जिवन सुरक्षित हुन सक्दैन र यसले जनताको जिवन रक्षा र विकास गर्न सक्दैन भन्ने प्रष्ट देखिन्छ । यस्तो विषम परिस्थितिमा पनि योे सरकारले भने स्वास्थ्य सामाग्री लगायतका वस्तुहरुको खरिद प्रकृयामा अ’नियमितता गरेको देखिन्छ । यस्ले जतिसुकै समाजवादको नारा दिए पनि ब्यवहारमा आफनो द’लाल पुँजीवादी चरित्र पुष्टी गर्दछ । उता स्थानिय तहका जनप्रतिनिधिहरु रा’हत वितरण गर्न लागत संकलनमै अल्भिmरहेको देखिन्छ । आफ्नो वडा वा गाउँपालिका/नगरपालिका मा रहेका मजदुर, सुकुम्वासि र अति विपन्न वर्ग लगायत सम्पूर्ण श्रमिक वर्गहरुको डाटा नराख्ने जनप्रतिनिधिहरुबाट जनताको सेवा, समाजसेवाको कुरा गरेर लोकतन्त्रको दुहाई दिनु आफैमा हास्यास्पद छ । श्रमजिवि जनताहरु मा’हामा’रीवाट भोकभोकै मर्नुपर्ने अवस्था आएको छ । अझ बाह्य मुलुकमा अप्ठेरो अवस्थामा रहेका नेपाली नागरिकहरुको हकमा त यो सरकारले घुडा टेकिसकेको अवस्था छ । त्यसकारण पछिल्लो समय नेपालमा पनि यो द’लाल पँुजीवादी व्यवस्था असफल वन्दै गैरहेको र यो व्यवस्थाले जनताको जिवन रक्षा र बिकास नगर्नेमा नयाँ सिरावाट वहश सुरु हुन थालेको छ ।
४ अबको बाटो
कोरोना भा’ईरसका कारण अहिले विश्व आ’तंकित मात्र छैन, विश्वको अर्थब्यबस्थामा पनि मन्दी छाएको छ । तर हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैं यो महामारीले विश्वको नेतृत्व तथा ब्यवस्थामा नै परिवर्तन ल्याउने निश्चित प्राय छ । ईतिहासलाई हेर्ने हो भने पनि हरेक म’हामा’री पश्चात नेतृत्वदायी भुमिका तथा ब्यवस्थामा परिवर्तन ल्याउने गरेको देखिन्छ । चाहे त्यो प्लेगका कारण युरोपको उदय होस् वा जण्डिसका कारण म’हाशक्तिको रुपमा अमेरिकाको उदय होस् वा राईन्डरपेष्ट नामक म’हामा’रीका कारण अफ्रिकी मुलुकलाई युरोपले उपनिबेश बनाएको घटना, यि सबै तथ्यहरुले यो कुरा पुष्टी गरिसकेको छ । त्यसकारण अहिलेको कोरोना महामारी पश्चात पुँजीवाद तथा दलाल पुँजीवाद को अन्त्य भई वैज्ञानिक समाजवाद लागु हुने निश्चित छ । तसर्थ मानव जातिको रक्षा र विकास गर्दै सम्मुन्नत समाजको निमार्ण गर्ने र विश्व तथा सम्पुर्ण मानव जातिको उच्चतम् हित गर्ने व्यवस्था भनेकै वैज्ञानिक समाजवाद हो र हामी सवै मिलि वैज्ञानिक समाजवादको वाटोमा अघि बढौँ ।
र अन्त्यमा,
विश्वभर रहनुभएका सम्पुर्ण नेपाली नागरिकहरु र देशमा रहनुहुने सम्पुर्ण आदरणीय देशप्रेमी जनसमुदायहरुलाई सचेत हुदै, सजग रहदै, कोरोना (को’भिड १९) वि’रुद्धको ल’डाई जित्ने उर्जा मिलोस् भन्दै नयाँ वर्ष २०७७ सालको शुभकामना ब्यक्त गर्दछु ।