बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

आफू पनि ब’चौँ, अरुलाई पनि बचाऔँ

आइतवार , बैशाख ७, २०७७

नेपालमा को’रोना सं’क्रमितको संख्या ३१ पुगेको छ । शुक्रबार मात्रै एकैदिन १४ जनामा को’रोना सं’क्रमण देखिएको थियो जसमा १२ जना लु’केर बसेको अवस्थामा भेटिएका थिए । को’रोना भा’इरसका कारण देशनै आतंकित बनेको छ । को’रोनाको सं’क्रमण देखिदा देखिदैँ पनि मान्छेहरु लुकेर बसिरहेको घ’टना सार्वजनिक भइरहेको छ । यस्तो प्रवृद्धिले अरुमा पनि सं’क्रमण सर्ने संभावना बढ्छ । त्यसैले, विदेशबाट फर्किएका वा को’रोनाको संक्रमण देखिएका व्यक्तिहरुको बारेमा थाहा पाएमा जनप्रतिनिधि वा जिम्मेवार निकायलाई जानकारी दिन आवश्यक छ । पछिल्लो समय सर्वसाधरणमा को’रोनोको त्रास बढिरहेको छ । ज्व’रो, रु’घाखोकी लागे झनै लु’केर बस्ने क्रम बढिरहेको छ । तसर्थ, हरेक नागरिकले स्वास्थ्यमा समस्या देखिएमा अस्पतालमा उ’पचार गराउनुपर्छ । रो’गसँग ड’राएर वा लुकेर बस्दा अरुमा पनि सं’क्रमण सर्छ । त्यसैले, को’रोना भा’इरसको नि’यन्त्रण र रोकथामकालागि सबै नागरिक सचेत एवं सावधान हुन जरुरी छ ।

नेपालमा विदेशि नागरिकहरु लु’केर बसेको घ’ट्ना सार्वजनिक भइरहेको छ । उनीहरु को’रोनाको त्रा’सका कारण बाहिर निस्किएका छैनन् । राज्यले उनीहरुको पहिचान र खोजीमा तिव्रता दिएको छ । तर पनि केहि व्यक्तिहरु लु’केर बसेको सूचना बाहिर आएको छ । तसर्थ, त्यस्ता व्यक्तिका बारेमा कसैले जानकारी पाएमा तुरुन्त जिम्मेवार निकायमा सूचना दिनुपर्छ । नेपालमा को’रोना संक्रमित तीन जना ठिक भएर घर फर्किसकेको अवस्थामा को’रोना लागेको शं’खा गर्दै लुकेर बस्नु झन् जा’ेखिम हुन्छ । अतः को’रोनाबाट आफू पनि ब’चौँ र अरुलाई पनि ब’चाऔँ ।

प्रतिक्रिया