बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नाकामा जनशक्ति परिचालन गर

शनिवार , बैशाख ६, २०७७

को’रोना भा’इरस (को’भिड–१९) का कारण भारत र चिनसँगको सम्पूर्ण नाका ब’न्द गरिएको छ । तर, भारतबाट नेपाल आवतजावतको क्रम नरोकिएको थुप्रै घ’टनाले देखाइरहेको छ । केहि समय अघिमात्र कोरोना सं’क्रमित लकडाउनपछि पनि भारतबाट नेपाल आएका थिए । भारतमा को’रोना सं’क्रमणको क्रम बढिरहेको छ । भारतसँगको खुल्ला सिमानाका कारण पनि भारतिय नागरिक नेपाल छिरिरहेका छन् । आयातित को’रोना भा’इरसले जोखिम बढाइरहेको हुँदा राज्यले अब आफ्नो जनशक्ति नाकामा परिचालन गर्नुपर्ने बेला आएको छ । भारतमा को’रोना भाइरस तिव्र गतिमा फैलिरहेको छ । तसर्थ, नेपाल–भारतका सिमानामा क’डाई गर्न जरुरी छ ।

नेपालमा को’रोना सं’क्रमितको संख्या ३० जना पुगिसकेको छ । अब पनि हे’लचक्राई भयो भने यसले भयावह अवस्था निम्ताउन सक्छ । त्यसैले, राज्यले आफ्ना संयन्त्रहरुको परिचालन गरेर को’रोना भा’इरस रोकथाम र नि’यन्त्रणका लागि विशेष कदम चाल्न जरुरी छ । त्यसैगरि, हरेक नागरिकले भा’इरसको नि’यन्त्रण र रोकथाम नियन्त्रणका लागि घरमै बसेर सरकारले गरेको लकडाउनको निर्णय पालना गर्न आवश्यक छ ।

प्रतिक्रिया