शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आजको राशिफल र मौसम

शुक्रवार , बैशाख ५, २०७७

वि.सं.२०७७ साल वैसाख ०५ गते । शुक्रबार । ईश्वी सन् २०२० अप्रिल १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– दशमी,४२ घडी ०८ पला,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त एकादशी । नक्षत्र– धनिष्ठा,५५ घडी ३२ पला,रातको ०२ बजेर ५२ मिनेट उप्रान्त शतभिषा । योग– शुभ,३७ घडी ०५ पला,बेलुकी ०८ बजेर २९ मिनेट उप्रान्त शुक्ल । करण– वणिज,बिहान १० बजेर ०० मिनेट उप्रान्त भद्रा,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त बव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मकर,दिउसो ०३ बजेर ०० मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २९ मिनेट । दिनमान ३२ घडी ०४ पला । धनिष्ठा पञ्चक दिउसो ०३ बजे प्रारम्भ। भक्तपुरमा भैरव–भद्रकाली रथयात्रा। दक्षिण एशियाली ज्योतिष महासंघ स्थापना दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। कृषि तथा पशुपालन व्यापारमा लगानी गरि आम्दानी बढाउँन सकिनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । आफन्त तथा सन्तानले प्रगति गर्ने हुँदा मन प्रशन्न हुँनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ बगलामुखी देव्यै नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- राजनितिमा जनताको काम गर्न सक्दा पद प्राप्तिको योगलाई नकार्न सकिदैन । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग तथा पैदल यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ।आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ ग्रामदेवताभ्यो नमः÷ॐ स्थानदेवताभ्यो नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् । दिउँसोबाट भाग्यस्थानमा चन्द्रमा पुग्नाले परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ। पारिवारिक समस्याहरू हल हुनेछन। आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ गुरवे नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ। स्वास्थ्य क्षेत्रमा समेत राम्रो छैन। छोटो दूरीको निरर्थक यात्रा हुने योग छ। आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ कालभैरवाय नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- परिवारका ईच्छा आकांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।खानपिन, घुमघाम एवं भेटघाटको बेला छ। दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ। आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ इन्द्राण्यै नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- पराक्रम बढेर जाने हुँनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउँनेछ । कुसस्कार तथा अन्धबिश्वास बिरुद्ध कलम चलाएर तपाईबाट समाजमा जनचेतना फैलाउने काम हँुनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ। आत्मबल र संयमता गुमाउनु हुँदैन ।आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ नागदेवताभ्यो नमः ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने नया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ । अध्ययनमा भने जस्तो प्रतिफल प्राप्त हुनेछ । पुराना कामहरु फत्ने हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइनेछ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ। डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउनसक्छ। आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ सरस्वत्यै नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । मातापिता वा घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ सों सोमाय नम ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । ठुलाबढा तथा बिशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुदा मन प्रशन्न हुनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । मातापिता वा अभिभावक वर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सकारात्मक सङ्केत देखिनेछ। चाहना बमोजिम कार्य सम्पन्न गर्न सकिनेछ। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ हं हनुमते रुद्रात्मकाय नमः २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बिहानको समय राम्रो रहेकोले आफन्त परिवार सँगै रहेर दिन व्यातित गर्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । साझपख सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलव्धि नहुदा तनाब बढ्नेछ ।स्वास्थ्य सबल छ। बन्दव्यापारमा फाइदा छ। आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ महालक्ष्म्यै नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । वादविवादमा विजय प्राप्त हुनेछ। परोपकारका क्षेत्रमा आकर्षण बढ्नेछ। आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ बक्रतुण्डाय नमः १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । आफन्त तथा साथिभाईहरुको सहयोगले नया कामको थालनि गर्न सकिनेछ । माया प्रेममा खुलेर रमाउन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । व्यावसायमा मन्दि आउँनेछ ।तर साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ। दैनिक कामकाजको चाप बढ्न सक्छ। घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि र तनाव हुनसक्छ। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आज कार्यसिद्धि मन्त्र ॐ कें केतवे नमः ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। हाल देशको पूर्वी र पश्चिमी भू-भागका साथै मध्यका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आजदिउँसोः-  देशभर सामान्यतया बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

आजरातीः- देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थान र तराईको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया