बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

जताततै सडक ब’न्द गर्दा स’मस्या

बिहिवार , बैशाख ४, २०७७

को’रोना भा’इरस नि’यन्त्रण तथा रोकथामका लागि स्थानिय स्तरबाट धेरै प्रयासहरु भइरहेको छ । आफू र आफ्नो समाजलाई सु’रक्षित राख्न स्थानियले गरेको प्रयास सराहनिय छ । नेपालमा हालसम्म १६ जनामा को’रोना सं’क्रमण देखिएको छ । भा’इरस एक मान्छेबाट अर्कोमा सर्ने हुँदा सा’वधानी अपनाउन जरुरी छ । आफ्नो र अरुको स्वास्थ्य सु’रक्षाकालागि पनि लकडाउनको अ’वज्ञा नगरी घरमै बसे मात्र को’रोनाबाट ब’च्न सकिन्छ । त्यसैले, अत्यावश्यक काम बाहेक बाहिर निस्केर अरुलाई अ’सुरक्षित बनाउनु हुदैँन ।

लकडाउनको पालना गर्नकालागि राज्यको सु’रक्षा निकाय तैनाथ छ । तर, देशका विभिन्न ठाउँहरुमा टोल सुधार समिति लगायत स्थानियले अ’नावश्यक रुपमा सडक बन्द गर्दा अत्यावश्यक अवस्थामा हिँड्डुल गर्ने व्यक्तिलाई अफ्ठ्यारो भएको छ । आ’पतकालिन अवस्थामा एक सेकेन्ड पनि मुल्यवान हुन्छ । सडकमा बाँस तेर्साएर राख्दा आवतजावत कम हुन्छ तर आपतकालिन अवस्थामा त्यहि बाँस कसैकालागि मृ’त्युको घण्टी बन्ने संभावना हुन्छ । एम्बुलेन्स, दम्कल, खाद्यान्न ढुवानि लगायत प्रहरी आवतजावत गर्न त्यहि सडकको प्रयोग हुनेहुँदा अनावश्यक रुपमा सडकमा बाँस तेर्साउनु अ’सुरक्षित छ । तसर्थ, सडकमा बाँस तेर्साएर को’रोनाबाट सुरक्षित हुने भन्दा पनि वैज्ञानिक तबरबाट यस्को समाधान खोज्न जरुरी छ । अधिकांश ठाउँहरुमा सडक ब’न्द गरेपनि सडक खोल्नकालागि जनशक्तिको प्रयोग भएको छैन । यस्ले गर्दा आ’पताकालिन समयमा अवस्था झन् जटिल बन्न पुग्छ । तसर्थ, लकडाउनको पालना गर्न अरु उपायहरु रोज्न जरुरी छ । आफू सु’रक्षित हुन खोज्दा अरुलाई अ’सुरक्षित बनाउन हुदैँन । अतः नि’षेधाज्ञा गर्दै सडकमा बाँस तेर्साउने भन्दा पनि अरु वैकल्पिक उपाय खोज्न सम्बन्धित सबैले मनन गर्न आवश्यक छ ।

प्रतिक्रिया