बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

विद्यार्थीको पढाई प्रभावित नबनोस्

बुधवार , बैशाख ३, २०७७

देशभर ल'कडाउनका कारण शैक्षिक क्षेत्र बन्द छ । एसईईको एकदिन अघि परिक्षा स्थ'गित भएपछि विद्यार्थीहरु अ'न्यौलमा परेका छन् । शैक्षिक संस्थाहरुले पनि विद्यार्थीकालागि आवश्यक डिजिटल कक्षा संचालन गर्दै आएको छ । तर, केहि शैक्षिक संस्था बाहेक अधिकांश यो समयमा मौन देखिएका छन् । विद्यार्थीहरुको म'नोबल बढाउनकालागि उनीहरुलाई अहिले प'रामर्शको आवश्यकता छ । त्यसैले, शैक्षिक संस्थाले अभिभावकहरुसँग सम्पर्कमा रहेर विद्यार्थीको अवस्थाका बारेमा बुझ्न जरुरी छ । ल'कडाउनको समय भनेको विद्यार्थीहरुलाई पढ्ने समय हो । परिक्षाको तयारीकालागि पनि यो समय मुल्यवान छ । तर, विद्यार्थीहरु को’रोना भा’इरस (को’भिड–१९) का कारण पढ्ने भन्दा पनि धेरै समय मोबाइल, टेलिभिजन लगायत मनोरञ्जनमा समय खर्चिरहेका छन् । विद्यार्थीहरुलाई दिशा नि'र्देश नहुँदा उनीहरुले फ'जुलमा समय बिताइरहेका छन् ।

तसर्थ, विद्यार्थीहरुको शिक्षाप्रति शैक्षिक संस्था र अभिभावकले विशेष जोड दिन आवश्यक छ । परिक्षा तयारीमा जुट्नकालागि अभिभावकले आफ्ना बालबालिकालाई नियमित नि'गरानी गर्न जरुरी छ । त्यसैगरि, शैक्षिक संस्थाले पनि अभिभावकहरुसँग सम्पर्क गरेर विद्यार्थीको शैक्षिक अवस्थाका बारेमा बुझेर उचित परामर्श गर्न जरुरी छ ।

प्रतिक्रिया