सप्तरी, ३ वैशाख - भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट को'रोना भा'इरस परीक्षण गर्दा पो'जेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट को'रोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पो'जेटिभ आएको सिनियर कन्सल्टेन्ट जनरल फिजिसियन डा रणजित झाले जानकारी दिनुभयो ।
तब्लिगी जमातद्वारा आयोजित सभाबाट आएका खडग नगरपालिकाका तीन, सुरुङ्गा नगरपालिका, अग्निसाइर कृष्ण सवरण, विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाका एक/एक गरी सात जनाको द्रुत परीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताउनुभयो । तीमध्ये खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक/एक जनाको रिपोर्ट पो'जेटिभ आएको अस्पतालले जनाएको छ ।
उहाँहरुले दिल्लीको निजामुद्दीन मरकजमा सहभागी भएर फर्किएको ३२ दिन बितेको बताए पनि स्थानीयवासी भने चैत ११ गते घर फर्किएको बताउँछन् । सप्तरी फर्किएका उहाँहरु घरमै बस्नुभएको थियो । रिपोर्ट पो'जिटिभ आएपछि दुई जनालाई राजविराजस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ । अस्पतालले सात जनाकै स्वाब परीक्षणका लागि राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ । अन्य पाँच जनालाई खडग नगरपालिकास्थित क्वारेन्टाइनमा पठाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट दासले बताउनुभयो ।