बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

त्र’सित होइन सजग बनौँ

मंगलवार , बैशाख २, २०७७

को’रोना भा’इरस (को’भिड–१९) का कारण अहिले विश्वभरका मानिसमा त्रा’स फैलिएको छ । अझ नेपालमा भने नागरिकहरु झन् त्र’सित भएको अवस्था छ । को’रोना लागेको छ वा छैन भनेर परिक्षणका लागि अस्पतालमा ल्याइएका बिरामीनै ड’रका कारण भागिरहेका छन् । यस्ता घट्नाले के देखाउँछ भने सर्वसाधरणहरु चेकजाँच गराउन पनि ड’राइरहेका छन् । नेपालका केहि ठाउँहरुमा भारतबाट आएका नागरिकहरु दिउँसोको समयमा लुकेर बस्ने गरेको घट्ना पनि सार्वजनिक भएको छ । यस्तो अवस्थामा सरकारी संयन्त्रले सर्वसाधरणमा देखिएको अस्वभाविक ड’रलाई चिर्न आवश्यक छ । को’रोना भा’इरस एक मान्छेबाट अर्कोमा सर्ने भएकाले पनि त्यस्ता व्यक्तिहरुको पहिचान गरि परामर्श दिन जरुरी छ । त्यसैगरि, सम्पूर्ण नागरिकलाई को’रोनाको लक्षण देखिएमा परिक्षण गर्न डराउनु नपर्ने भन्दै चेतना फैलाउनुपर्ने समय आएको छ । नेपालमा हालसम्म १४ जनामा को’रोनाको सं’क्रमण देखिएको छ । जसमा एकजनाको उपचारपछि अवस्था सामान्य भइसकेको छ भने उपचाररत बिरामीको स्वास्थ्यमा सुधार देखिएको छ । को’रोना लाग्दैमा मान्छे म’रिहाल्ने भन्ने हुदैँन । को’रोनाको उपचारपछि पनि धेरैजना ठिक भएको थुप्रै तथ्यांकले देखाएको छ ।

तसर्थ, सर्वसाधरणलाई उपचार गराउनकालागि र को’रोना सम्बन्धि परामर्श दिन सम्बन्धित निकयाले विशेष जोड दिन आवश्यक छ । अतः नागरिकहरु पनि त्र’सित हुने भन्दा पनि सजग र सावधानी अपनाएर अघि बढ्न जरुरीछ ।

प्रतिक्रिया