शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

भारतमा मे ३ सम्म लकडाउन गर्ने मोदीको घोषणा

मंगलवार , बैशाख २, २०७७

काठमाडौँ २ बैशाख – भारतमा लकडाउन थप भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गरी जारी लकडाउन थप १९ दिन बढाउने घोषणा गर्नु भएको हो ।

को’रोना भा’इरसको सं’क्रमण फैलिन नदिनका लागि लागु भएको तीन हप्ते लकडाउनको अन्तिम दिन मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर मोदीले यस्तो घोषणा गरेको हो ।

अब भारतमा मे ३ सम्म लकडाउन हुने भएको छ । सबैको सुझाव अनुसार लकडाउन बढाउने निर्णय भएको उहाँले बताउनु भयो ।

सम्बोधनको क्रममा मोदीले लकडाउन अवधिमा जनताले गरेको त्यागको सम्मान गर्नु भएको छ ।

उहाँले पाको उमेरका व्यक्तिको विशेष ख्याल गर्न, सामाजिक दूरी पूर्ण रुपमा पालना गर्न, प्रतिरोधात्मक क्षमता बढाउनका लागि स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न, सं’क्रमणबाट जोगिनका लागि यस सम्बन्धी जानकारी दिने मोबाइल एप्लिकेशन डाउनलोड गर्न तथा गरिब परिवारलाई खानपानको व्यवस्थामा सहयोग गर्न अपिल गर्नु भएको छ ।

यस्तै कम्पनीहरुसँग कामदारलाई जागिरबाट ननिकाल्न र डाक्टर, नर्स तथा सुरक्षाकर्मीको आदर गर्न पनि मोदीले आग्रह गर्नु भएको छ ।

उहाँले लकडाउनको पालना गरी यथास्थानमा बस्न आग्रह गर्नु भएको छ । कोरोना भाइरसविरुद्धको यो लडाईँमा जनताको साथको खाँचो रहेको उहाँले बताउनु भएको छ ।

उनले लकडाउनको पूर्ण पालना गरेमा अप्रिल २० पछि केही खुकुलो बनाउन सक्ने बताए । तर यस्तो छुट पनि शर्तसहित हुने उनले स्पष्ट पारेका छन् ।

अब लकडाउनमा पहिले भन्दै पनि कडाइ गरिने उनले बताएका छन् । संक्रमण फैलिँदै गएकाले थप सर्तक हुनु पर्नेमा उनले जोड दिएका छन् ।

लकडाउनले कष्ट भए पनि यसको विकल्प नरहेको उनले उल्लेख गरेका छन् । भारतमा अहिलेसम्म १० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३३९ जनाको कोभिड–१९ बाट निधन भएको छ ।

प्रतिक्रिया