शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कैलालीमा ६५ वर्षीया महिलामा को'रोना सं'क्रमणको पुष्टि

सोमवार , बैशाख १, २०७७

धनगढी, १ वैशाख - कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा को'रोना पो'जेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा को'रोना पो'जेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ।

र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, महिलामा को'रोना भा'इरस (को'भिड–१९) को सं'क्रमण पुष्टि भएको छ ।  तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए ।

अब उनीहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ । को'रोना सं'क्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई को'रोना सं'क्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो ।

यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो । तर पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्थानीय जनप्रतिनिधिले सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । ‘हामी नेपालबाटै आएका हौं, घरमै बस्छौं भनेका थिए । हामीले हुँदैन भनेर क्वारेन्टाइनमा राखेका थियौं,’ लम्किचुहाका मेयर महादेव बजगाईंले भनेका छन् ।

५१ जना रहेको क्वारेन्टाइनबाट टीकापुर अस्पतालका स्वास्थ्यकर्मीको टोलीले ४४ जनाको स्वा'ब संकलन गरेको थियो। काठमाडौंबाट आएको टोलीले २५ गते र्‍यापिड र स्वा'ब दुबै संकलन गरेको थियो । लम्की चुहामै ९९ जनाको स्वा'ब संकलन भएको थियो । ९८ जनाको नेगेटिभ आयो। यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि को'रोना पोजिटिभ देखिएको थियो।

सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन । यससँगै नेपालमा को'रोना पुष्टि हुनेको संख्या १३ पुगेको छ।

 

प्रतिक्रिया