आजबाट नयाँ वर्ष विक्रम सम्वत् २०७७ को आगमन भएको छ । पुरानो वर्षलाई विदा गर्दै नयाँ वर्षलाई स्वागत गर्न सम्पूर्ण नेपाली तयार छन् । आजको दिन भनेको उल्लास र उमंगको पर्व हो । तर, विश्वनै को’रोना भा’इरस (को’भिड–१९) का कारण आ’क्रान्त बनेको समयमा सम्पूर्ण नेपालीले घरमै बसेर नयाँ वर्ष मनाउनुपर्ने बाध्यता रहेको छ । जे होस्, नयाँ वर्षले सम्पूर्ण नेपालीमा देशको हितका लागि जोश र जाँगर आओस्, हामी शुभकामना व्यक्त गर्दछौँ । त्यसैगरि, विश्वनै कोरोनाको महामारीले छट्पटाइरहेको बेला यो वर्ष छिटो भन्दा छिटो को’रोनाको अन्त्य हुने अवसर बनोस् । कोरोनाका कारण विश्वको अर्थतन्त्रनै डा’माडोल भएको अवस्था छ । नेपालपनि यो समस्याबाट अछुतो छैन । तसर्थ, नयाँ वर्ष विक्रम सम्वत् २०७७ नेपालको विकासकालागि अवसर बनोस्, शुभकामना !
नयाँ वर्षको अवसरमा हामी हाम्रा पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तक एवं सम्पूर्ण नेपालीलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । यो वर्ष सम्पूर्ण नेपालीको हितमा रहोस्, शुभकामना !