बागलुङ,३० चैत – बागलुङमा थप एक महिलामा द्रुत परीक्षण गर्दा को’रोना सं’क्रमण पो’जेटिभ देखिएको छ । जिल्लाको काठेखोला गाउँपालिका बिहुँमा आइतबार परिक्षणका क्रममा एक महिलामा पो’जेटिभ देखिएको हो ।
आइतबार उक्त स्थानमा शं’कास्पद ७ जनाको द्रुत परीक्षण गरिएको थियो । जसमध्ये बिहुँ इनारपानीकी एक महिलाको परिक्षणमा प्रारम्भिक नतिजा पो’जेटिभ देखिएको हो । उहाँको दोस्रो परिक्षणका लागी नमुना संकलन गरि पोखरा पठाउने तयारी गरिएको छ ।
पहिलो परिक्षणमा पो’जेटिभ देखिएकी महिलालाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालमा आईसोलेसनमा राखेर उपचार थाल्ने भनिएको भएपनि तत्काल स्वास्थ्यमा कुनै समस्या नभएकाले बिहुँकै भिमसेन माबीमा सञ्चालित क्वारेन्टाइनमा राखेको धौलागिरी अञ्चल अस्पतालका प्रमुख डा.शैलेन्द्र पोखरेलले जानकारी दिएका छन ।
ती महिला लकडाउन शुरु हुनुभन्दा केहिदिनअघिमात्रै भारतको तीर्थयात्रा गरेर फर्किएकी हुन ।
“तीन दिनदेखि जार्री यापिड टेष्टका क्रममा काठेखोलामा एक जनामा रिपोर्ट पोजेटिभ देखिएको जानकारी आयो,” बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले भन्नु भयो , “अब शंकास्पद महिलासहित उनको परिवार र सम्पर्ककमा भएकालाई क्वारेन्टाइनमा राख्न र आवश्यक समन्वयका लागि जिल्लाबाट प्रशासन सुरक्षाकर्मीको टोली त्यस तर्फ पठाएका छौँ ।”
गत शुक्रबारदेखि जिल्लाभर थालिएको को’रोनो भा’इरस (को'भिड–१९) र्यापिड डाइगोनोस्टिक टेष्टमा शनिबारसम्म ४ सय ७६ जनाको गरिएकोमा सबैका रिपोर्ट नेगेटिभ आएको थियो ।