बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

अ’लपत्र नागरिकको वेथा कस्ले बुझ्ने ?

आइतवार , चैत्र ३०, २०७६

पढाई र रोजगारकालागि राजधानी लगायत विभिन्न ठाउँमा रहेका नागरिक लकडाउनका कारण अ’लपत्र परेका छन् । राजमार्गमा अ’लपत्र परेका नागरिकहरु कोहि बालबच्चा बोकेर त केहि भारि बोकेर सयौँ किलोमिटर पैदल हिँड्न विवश छन् । आफू बसेको ठाउँमा खाद्यान्न र अत्यावश्यक सामाग्रीको अ’भाव देखिएपछि उनीहरु लामो दुरी हिडेरै घर पुगिरहेका छन् । राज्यले त्यस्ता अ’लपत्र नागरिकको समस्या बुझ्न नसक्दा देशको समग्र प्रणालीप्रति दुःख व्यक्त गर्दै उनीहरु क’ष्टकर यात्रा गर्न बाध्य छन् । विश्वभर फैलिरहेको को’रोना भा’इरस (को’भिड–१९)ं का कारण नेपाल सरकारले देशभर लकडाउनको निर्णय गरेको हो । तर, लकडाउनको समयमा अ’लपत्र नागरिकको उ’द्धारकालागि पूर्वतयारी नगर्दा ठूलो संख्यामा सर्वसाधरण पिडित बनिरहेका छन् । राज्यले उनीहरुलाई न त खाद्यान्नको व्यवस्था गर्न सकेको छ न त कुनै रा’हतको प्याकेज । विशेषगरि, ज्यालामजदुरी गर्ने ठूलो संख्यामा रहेका मजदुरहरुको अवस्था द’यनिय छ । राजमार्गमा रु’दैँ, क’राउँदै हिडिरहेका नागरिकलाई राहत दिन सरकार उ’दासिन छ ।

तसर्थ, आफ्ना नागरिकलाई विपतको समयमा रा’हत दिन राज्यले विशेष पहल गर्न जरुरी छ । त्यसैगरि, उनीहरुलाई उचित ठाउँमा राख्न र खानेकोलागि व्यवस्था गर्न पनि सम्बन्धित निकायले तदारुकता देखाउन आवश्यक छ ।

प्रतिक्रिया