शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

को’भिड–१९ बाट विदेशमा १४ नेपालीको मृ’त्यु, ६६५ मा सं’क्रमण पुष्टि

आइतवार , चैत्र ३०, २०७६

काठमाडौँ, ३० चैत – विश्वव्यापी म’हामा’रीका रुपमा फैलिएको को’भिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्या’न गु’माएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांक अनुसार को’रोना सं'क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्या’न ग’एको छ ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्यांक सार्वजनिक गरेको हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा को’रोना सं’क्रमण भएको पुष्टि भइसकेको छ । विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली संघको शाखा तथा स्थानीय संघसंस्थाद्वारा संकलित सूचनाका आधारमा उक्त तथ्यांक सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो ।

अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक÷एक नेपालीमा को’रोना संक्र्रमण पुष्टि भएको को’भिड–१९ एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया