बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

विरोध माथि वि’रोध नगरौँ

शुक्रवार , चैत्र २८, २०७६

नेपाल सरकारले बुधबार राजधानीमा अ’लपत्र परेकालाई उ’द्धार गर्न दुई दिनकालागि यातायात सेवा खुल्ला गर्ने घोषणा गर्‍यो । सरकारको उक्त निर्णय दुई घण्टा नबित्दै परिवर्तन भयो । उक्त निर्णय उल्टाउदैँ सरकारले लकडाउन पालना गर्न सबैलाई आग्रह गर्दै यातायात सेवा ठप्प हुने जानकारी दियो । त्यसपछि सत्तारुढ दल र प्रतिपक्षहरु एकआपसमा आ’रोप प्र’त्यारोपमा उत्रिए । सत्तारुढ दलका नेता तथा कार्यकर्ताले अनावश्यक सूचना फैलाएको भनदै संचारमाध्यममाथि ख’निए भने प्रतिपक्ष दलले आधिकारीक सूचनाको हबला दिदैँ सरकारको अपरिपक्व निर्णयमा धावा बोलिरहेको छ ।

अहिलेको अवस्था भनेको पि’डामा परेका नेपालीलाई उ’द्धार गर्नु हो । तर, यो विषयलाई भन्दा पनि सत्तारुढ र प्रतिपक्ष दलले एकआपसमा आफू राम्रो हुने कोशिश गरिरहेका छन् । अष्ट्रलिया, अमेरिका लगायतका देशले आफ्ना नागरिकलाई नेपालबाट उ’द्धार गरिरहेको अवस्थामा देशभित्रै रहेका नागरिकलाई नेपालले उ’द्धार गर्न सकेको छैन । को’रोना नि’यन्त्रण तथा रो’कथामकालागि अनावश्यक हिँड्डुल नगर्न भनेपनि नागरिक आफ्नो गाउँ फर्किन दु:ख गरिरहेका छन् । संकटको यो अवस्थामा सरकारले ती पी’डित नागरिकलाई खाद्यान्न लगायत अत्यावश्यक सामाग्रीको आपूर्ति गरेर सहयोग गर्नुपर्छ । त्यसैगरि, नागरिकलाई बआफ्नै देशमा पनि पी’डा भइरहेको हुँदा राज्यले उनिहरुको उ’द्धार गर्नतर्फ केन्द्रित हुन जरुरी छ । अतः आफू देखावटि रुपमा सचिने वा अरुको विरोध गर्ने भन्दा पनि यो सं’कटको समयमा सबै मिलेर नागरिकको सु’रक्षामा लागि पर्न जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया