बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

आशालाग्दा मन्त्रीको काम स्वागतयोग्य

बिहिवार , चैत्र २७, २०७६

भोतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केहि समय यता जनताको मन जित्ने काम गरिरहेको छ । पूर्वाधार विकासमा मन्त्रालयको काम सन्तोषजनक रहेको पछिल्लो गतिविधिहरुले देखाएको छ । मन्त्री वसन्तकुमार नेम्वाङको सक्रियतामा केहि समय यता राजधानी काठमाडौँको सडकहरु राम्रा देखिन थालेको छ । त्यसैगरि, छोटो अवधिमा सडक निर्माणका कामले पनि तिव्रता पाएको छ । लकडाउनको समयमा पनि मनत्रालय अन्तर्गतका निकायहरुबाट सडक सिंगारपट्टारका कामहरु भइरहेका छन् । नेपालमा पुर्वाधार निर्माणको काम गुणस्तरिय नभएको भन्दै आलोचना हुने गरेको छ । तर, मन्त्री नेम्वाङले कार्यभार सम्हालेसँगै केहि सकारात्मक कामहरु भएका छन् । जनताले देख्ने काम मन्त्रालयबाट हुदैँ आएको छ । विशेषगरि, सडक निर्माणमा मन्त्रालयले देखाएको तदारुकताका कारण नागरिक सन्तुष्ट देखिएका छन् । प्रधानमन्त्री केपी ओलीले समेत राजधानीका सडकहरुको खाल्डाखुल्डी पुर्ने काममा चासो देखाएपछि केहि समय यता सुधारका काम भइरहेको छ । प्रधानमन्त्री ओलीको मन्त्रीमण्डलमा राम्रा काम गर्ने भन्दा पनि फुर्सदिला मन्त्रीहरु बढि भएको आलोचना आइरहेको बेला पूर्वाधार, भौतिक तथा यातायातमन्त्री नेम्वाङले देखाउनु भएको सक्रियता साच्चैमा सकारात्मक छ ।

अतः मन्त्रालयले आगामी दिनमा राजधानीलाई मात्र प्राथमिकतामा राखेर काम गर्ने भन्दा पनि समग्र देशको भौतिक, पूर्वाधार तथा यातायात क्षेत्रमा विकासको लहर ल्याउन जरुरी छ ।

प्रतिक्रिया