शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको दुधौली नगरपालिका वडा अध्यक्ष पहाडीद्वारा छानविनको माग (भिडियो सहित)

मंगलवार , चैत्र २५, २०७६

सिन्धुली,२५ चैत– सिन्धुलीको दुधौली नगरपालिका–१ का वडा अध्यक्ष गोविन्दप्रसाद पहाडीले आफुमाथि लागेको माक्स लुकाएको आ रोपको छानविन गरी यथार्थ कुरा जनतमा ल्याउन आग्रह गर्नु भएको छ ।

दुधौली नगरपालिकाले उक्त वडामा बितरण गर्न पठाएको २५ सय माक्स मध्ये १५ सय माक्स बितरण गरेर अरु लुकाएको भन्ने आ रोप सरासरी गल्ती र भ्रमपूर्ण भएको उहाँको भनाई छ । “नगरपालिका अब छानविनको प्रकृयामा जानु प¥यो, पुष्टि गर्न सक्नु प¥यो,” उहाँले भन्नुभयो, “कति मास्क पठाएको हो, भर्पाई गरेर वडालाई बुझाएको प्रमाण हुनु प¥यो ।”

आफुलाई फसाउने ढंगले काम गरेको उहाँको तर्कथियो । उहाँले भन्नुभयो, “नगरपालिकाले ल्याएर छाडि दिएको माक्स १ नं. वडाका १३ वटा टोल सुधार समितिमार्फत भर्पाई र सहिछाप गरी बितरण गरेका छौं । कति पठाएको हो, त्यहीबाट छर्लंग हुन्छ ।”

वडाले १५ सय माक्स बितरण गरेपछि नपुग भनेर नगरपालिकाले पठाएको थप दुई हजार माक्स कार्यपालिका सदस्य डिल्लीबहादुर भुजेलले ल्याएर आफ्नो ढंगले नेकपाले निःशुल्क माक्स बितरण गरेको भन्दै बितरण गरेको स्थानीयको भनाई छ ।

त्यसो त वडा अध्यक्ष पहाडीले दुधौली नगरपालिकाले जनप्रतिनिधिलाई दिएको सुविधा मोटर साईकल सुरुमै फिर्ता गरेको र अहिलेसम्म उक्त नगरपालिकाबाट पाउने टिएडिए (आर्थिक) अहिलेसम्म नलिएको स्थानीय बासिन्दा बताउछन् । मोटर साईकल सुविधा र भ्रमण भत्ता समेत अहिलेसम्म नलिएको वडा अध्यक्ष पहाडी माथि जाबो एक हजार माक्स लुकाएको आरोप लगाउनु आफै लाज मर्दो कुरा भएको वडा सचिब हेरम्बराज अधिकारी बताउनुहुन्छ ।

“२५ थान माक्स रहेको ६० वटा पोका १३ वटा टोल सुधार समितिलाई भर्पाईसहित बितरण ग¥यो,” उहाँले भन्नुभयो, “धेरै घरधुरी हुने टोलसुधार समितिलाई पाँच पोका, थोरै घर धुरी हुने टोलसुधार समितिलाई चार पोकाका दरले बाड्दै गयो । सकिएपछि गन्दा १५ सय आएको हिसाव निस्कियो । जति पुग्यो, उती हामीले बाड्यौ ।”

यता दुधौली नगरपालिकाका मेयर घनश्याम राउत पनि यो बेला माक्समा विवाद नै गर्नु नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो अनावश्यक मिडिया बाजी मात्रै बढी भएको हो । यहाँ अलीबढी नबराज जी नै लागेको हो ।” छानविन गर्दा पनि को रोना सं क्रमण अन्त्य भएपछि गर्नु पर्ने उहाँको भनाई छ ।

“गोविन्द जीबाट त्यस्तो काम हुन्छ भनेर कसैले पनि पत्याउदैन, व्यक्तिगत रिसिवी साध्ने हो भने जे भनेपनि भयो,” मेयर राउतले भन्नुभयो, “कार्यपालिका बैठकमा नै मैले भनेको छु, तपाँई माथि पूर्न विश्वास छ । घोटला छैन भनेर ।” उहाँले माक्स ल्याएर राखेको ठाँउमा केही साथिले माक्स त हो नी भनेर झिकेर बाँडेको हुन सक्ने आफ्नो अनुमान रहेको पनि बताउनुभयो ।

“गोविन्द जीले माक्स लुकाएर लानु भयो, बेच्नु भयो भन्ने पनि होईन,” उहाँले भन्नुभयो, “त्यो माक्स भनेको रुपैया पैसा पनि होईन लुकाउनु पर्ने । मिसप्लेस भएको हुन सक्छ ।”

कतिपय काम विश्वासले गर्नु पर्ने भएकोले भर्पाई नगरी माक्स पठाएको उहाँको भनाई थियो । वडाले नै व्यवस्थापन गरी बितरण गर्ने भनेर निर्णय भएको पनि वडा नं. १, २, ८ र १२ ले माक्स पाईएन भनेकोले नगरपालिकाले खरिद गरी पठाई दिएको उक्त नगरपािलकाले जनाएको छ ।

भिडियो हेर्नुस :

प्रतिक्रिया