सिन्धुलीमा पछिल्लो समय को’रोना भा इरस (को’भिड–१९) का लागि राहत संकलन कार्य भइरहेको छ । जिल्लाका स्थानिय तहले को’रोना रो’कथाम तथा नि’यन्त्रणका लागि भन्दै राहत कोष खडा गरेका छन् । नौवटा स्थानिय तहमा झण्डै दुई करोडको राहत कोष स्थापना गरिएको छ । स्थानिय तहले राहत कोष खडा गर्दै बजेट विनियोजना गर्न थालेका छन् । यता, स्थानिय भने म’हामारी को’रोना भा’इरसको रो’कथाम, नि’यन्त्रण र उपचारकालागि खडा गरिएको कोषको रकम सहि ठाउँमा प्रयोग हुनेमा शंसकित छन् । विपतको समयमा पनि केहि जनप्रतिनिधिले आफूखुशि राहत बाढेको भन्दै वास्तविक पि’डित व्यक्ति उक्त कोषबाट प्रभावित हुनेमा स्थानियले शं’का गरेका हुन् । तसर्थ, जिल्लाका नौवटै स्थानिय तहले पारदर्शि ढंगमा उक्त रकमको सदुपयोग गर्न जरुरी छ । सिन्धुलीबाट भारत लगायत अरु देशमा काम गर्नेको संख्या ठूलो छ । देशभरमा सबैभन्दा बढि विदेश जानेमा सिन्धुली सातौँ स्थानमा रहेको छ । त्यसैले, विदेशबाट सिन्धुली आएकाहरुको तथ्यांक संकलन गरेर स्थानिय तहले कार्ययोजना अघि बढाउन जरुरी छ । सिन्धुलीमा भारतबाट आएर नेपालमा व्यापार गर्नेको संख्या पनि व्यापक छ । यी सबै कुरालाई मध्यनजर गर्दै स्थानिय तहले ती व्यक्तिहरुको पहिचान गरि अवस्थाका बारेमा जाँचबुझ गर्न जरुरी छ ।
करोडौँको कोषले सिन्धुलीमा को’रोना नि’यन्त्रण तथा रोकथामकालागि महत्वपुर्ण भुमिका खेल्ने हुँदा त्यस्को सदुपयोगमा सम्बन्धित निकायले विशेष ध्यान दिन आवश्यक छ । अतः कोषको रकम दुरुपयोग हुन नदिन सम्बन्धित सबै स्थानिय निकाय सजग हुन जरुरी छ ।