बिबिसि,२५ चैत – ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई उनीमा देखिएको को’रोनाभा’इरस सं’क्रमणका लक्षणहरू “ख राब” भएपछि उहाँलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ ।
एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन उपचार कक्षमा सारिएको र उनको “उत्तम हेरबिचार भइरहेको“ बताउनु भएको छ ।
५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो । महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे अवगत गराइएको बकिंघम राजदरबारले जनाएको छ ।
गत मार्च २७ मा को’रोनाभा’इरसको सं’क्रमण देखिए यता एकान्तवासमा बसेका उनमा लक्षणहरूमा सुधार नआएपछि आइतवार अस्पताल भर्ना गरिएको थियो।
प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “को’रोनाभा’इरस सं’क्रमणका ल’क्षणहरू जारी रहेका कारण प्रधानमन्त्री लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा चिकित्सकहरूको निगरानीमा थिए । सोमबार दिउँसो उनको स्वास्थ्य केही बिग्रीयो र उनको चिकित्सा टोलीको सल्लाहमा उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको छ ।”
विज्ञप्तीमा भनिएको छ, “प्रधानमन्त्रीले उत्तम हेरचाह पाइरहेका छन् र उनले एनएचएसका सबै कर्मचारीलाई तिनीहरूको कडा परिश्रम र समर्पण भावकालागि धन्यवाद दिएका छन् ।”
आवश्यकता परेको खण्डमा उनी भेन्टिलेटरको नजिक हुनसकुन् भनेर उक्त निर्णय लिइएको बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्गले बताउनु भएको छ ।
डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई “जहाँ आवश्यक पर्छ“ त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन भनेको बताउनु भएको छ ।