वि.सं.२०७६ साल चैत्र २५ गते मंगलबार । ईश्वी सन् २०२० अप्रिल ०७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि– चतुर्दशी,१३ घडी ४० पला,बिहान ११ बजेर १८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– उत्तरफाल्गुनी,०६ घडी ४७ पला,बिहान ०८ बजेर ३३ मिनेट उप्रान्त हस्त । योग– ध्रुव,३२ घडी ०७ पला,बेलुकी ०६ बजेर ४१ मिनेट उप्रान्त व्याघात । करण– वणिज,बिहान ११ बजेर १८ मिनेट उप्रान्त भद्रा,बेलुकी २२ बजेर ०५ मिनेट उप्रान्त बव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २३ मिनेट । दिनमान ३१ घडी २५ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नु पर्नेछ भने आफन्तहरुले नै तपार्ईँसँग सत्रुता पुर्ण व्यावहार गर्नेछन् । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । पुराना रोग बल्झने सम्भावना रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नु पर्नेछ भने आफन्तहरुले नै तपार्ईँसँग सत्रुता पुर्ण व्यावहार गर्नेछन् । पढाई लेखाई सुधार भएर जानेछ । स्वास्थ्यले साथ दिने हुदा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिचको सम्बन्ध सुमधुर हुनेछ । राजनितिमा समय लगानि गर्नेहरुले जनताको काम गर्न सक्दा पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । बल तथा बुद्धिको प्रयोग गरि फाईदा लिन सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):- विगतका गल्ती तथा कमी कमजोरी हरुलाई सच्याउदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरु वर्गहरुको इज्जत राख्न सकिने समय रहेकोछ । आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । दाजुभाई तथा छिमेकिको साथ नपाइने हुदा मन खिन्न रहनेछ । बिद्यामा गरीएको लगानीबाट सन्तोषजनक नतिजा आउनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने हुँदा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा घाटा हुनेछ । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :-अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- मानसम्मान तथा इज्जत प्रतिष्ठामा आँच आउन सक्छ कामगर्दा सावधानि अपनाउनु होला । व्यापार व्यावसायमा घाटा हुनेछ । आफन्तहरु तपार्ईँसँग टाडिनेछन् । पति पत्नी विच मनमुटाब बड्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुदा मानशिक तनाव बढ्नेछ । प्रेममा धोका हुन सक्छ भने बिद्यामा प्रगती गर्न निकै मिहिनेत गर्नुपर्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा घाटा लाग्ने तथा दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- साथिभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पती प्रयोग गर्न पाईनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । तरपनि खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):- व्यापार व्यावसायमा लगानी गरेपनि घाटा हुनेछ । पैत्रिक स्रोत तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिुनहोला । अध्ययनमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । तापनि आफन्त तथा मन परेको मानिस सँग रमाईलो यात्राको तय गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाइने छ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :-नचाहादा नचाहादै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्ना घट्न सक्छ ध्यान दिनुहोला । पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ सचेत रहनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- व्यापारमा घाटा लाग्नेछ । विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । परिवार तथा छोरा छोरीका साथ घरमै बसेर समय व्यातित गर्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसोः- देशका पहाडी भू-भागमा अपरान्ह पछि आँशिक बदली भई एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
आज रातीः- देशका पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली भई बाँकी भू-भागमा आंशिक बदली रहने छ।