बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

किसानको पिडा बुझ

सोमवार , चैत्र २४, २०७६

लकडाउनका कारण किसानले उत्पादन गरेको सामाग्री खेर गइरहेको छ । उत्पादित सामाग्री बजारसम्म नपुग्दा सित्तैमा तरकारी दिनुपरेको पिरलो किसानहरुको छ । लकडाउनका कारण सवारीसाधनको आवतजावतमा कमि भएसँगै कृषकहरुले उत्पादन गरेको तरकारी खेर गइहेको हो । यता, उपभोक्ताहरुले भने फ्रेस तरकारी नपाएर हैरान भइरहेको गुनासो गरिरहेका छन् । कृषक र उपभोक्ताबिचको दुरीलाई कम गर्न स्थानिय सरकारले विशेष जोड दिनुपर्ने अवस्था आएको छ । उनीहरुलाई सु रक्षित बनाउँदै उपभोक्ताहरुसम्म तरकारी लगायत खाद्यान्न पुर्‍याउन सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । को’रोना भा’इरस(को’भिड–१९) का कारणहरु कृषकहरु बढि मारमा परेका छन् । कृषकहरुलाई अहिले हात मुख जोड्ननै समस्या परिरहेको अवस्थामा उनीहरुलाई प्राथमिकतामा राखेर विशेष राहत प्याकेजको घोषणा गर्न जरुरी छ । अहिलेको संकटको बेलामा कृषकहरुलाई राज्यले सुरक्षा दिन कञ्जुस्याँई गर्नुहुदैँन । त्यसैगरि, कृषकहरुको समग्र समस्यालाई बुझेर जिम्मेवार निकायले उनीहरुको हितमा काम गर्न आवश्यक छ ।

अतः लकडाउनको समयमा कृषकहरुको उत्पादनलाई कसरी व्यवस्थापना गर्नेतर्फ सरोकोरावाला निकायले सोच्नुपर्ने समय आएको छ ।

प्रतिक्रिया