शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली उद्योग बाणिज्य संघद्वारा मास्क वितरण

सोमवार , चैत्र २४, २०७६

सिन्धुली,२४ चैत –उद्योग बाणिज्य संघ सिन्धुलीले विश्वभर फैलिरहेको को रोना भा ईरस(को भिड १९) बाट बच्न निःशुल्क मास्क वितरण गरेको छ । काठमाडौंबाट उद्योग बाणिज्य महासंघले पठाएको ५ सय थान मास्क उद्योग बाणिज्य संघ सिन्धुलीले विभिन्न निकाय तथा व्यक्तिहरुलाई वितरण गरेको हो ।

उद्योग बाणिज्य महासंघबाट प्राप्त ५ सय थान मास्क मध्ये जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई २ सय ५० थान, सशस्त्र प्रहरी बल सिन्धुलीलाई एक सय थान र सिन्धुलीमाढी बजारका व्यवसायीहरुलाई १ सय ५० थान मास्क वितरण गरिएको उद्योग बाणिज्य संघ सिन्धुलीका बरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ल कडाउनका कारण बजारमा मास्क अभाव हुदै गएका बेला को रोना भा ईरसको स क्रमणबाट जोगिन सहज होस् भनेर उद्योग बाणिज्य महासंघले पाच सय थान मास्क पठाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया