वासिङ्टन डिसी, २३ चैत– अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार को रोनाका कारण नि धन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको नि धन भएको थियो । योसँगै अमेरिकामा को रोनाका कारण नि धन हुनेको संख्या पाँच पुगेको छ ।
शनिबार अरू चारजनाको नि धन भएको हो । यसरी नि धन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहनुभएको छ । सबै न्युयोर्कमा बस्दै आउनुभएको थियो । नि धन हुनुभएकाको परिवार र स्थानीय संघसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले राससलाई बताउनुभयो ।