लेखक : बिन्दा गिरि
चाइना समृद्ध र सफल हुनको मुख्य कारण त्यहाँका नागरिकहरु इमानदार र अनुशासित भएको हुनाले मात्रै हो आज बिश्वमा महामारीको रुपमा फैलदै गएको को’रोनाको ल’डाइँ पनि चाइनाले लगभग जितिसकेको अवस्था छ । बाकी देशहरूले पनि चाइना बाट पाठ सिक्ने की ?
आज बिश्वका २०५ भन्दा बढी देशहरु को’रोना(कोभिड–१९)को सं’क्रमणबाट आक्रन्त भएको भयावह परिस्थितिमा पनि किन चाइनाको वुहान सहरमा भन्दा अन्य ठुला शहरहरु साङघाइ ,बेजिङ ,गोन्जाओ लगायतका शहरमा किन फैलिन सकेन भन्ने आश्चर्यजनक कुरा छ तर अनुशान र इमानदारीतानै त्यस्को मुख्य कारण हो ।
यसै क्रममा नेपालको परिवेश लाई हेर्दा सम्झिन पनि लाजमर्दो छ सरकारका कर्मचारी लगायत जिम्मेवार निकायहरु भ्रष्ट्राचार गर्नमै लुछाचुडी गर्दैछन । बिडम्बना त यहि हो नेपालमा दुइतिहाइको कम्युनिस्ट सरकार र नेता धनी अनि देश गरीब छ । स्वस्थ्य सामग्री खरिद प्रकरणमा करोडौं घोटाला भएको भन्ने खुलासा हुँदा पनि के तिनीहरुलाई कार्बाही हुदैन र सरकार ? के दिनभरि कुल्लीकाम गरेर बेलुका छाक टार्ने जनताले बालबच्चा भोकै हुँने अबस्थामा सामल खोज्नजादा ढाड सेकिने गरि कुटपिट गर्नु अथवा दुईपैसा कमाएर गुजारा गर्न छिमेकी मुलुकमा गएका नागरिकलाई सिमाक्षेत्रमा छेकेर अलपत्रपर्नु मात्रै सरकारको जिम्मेवारी हो र ? उनिहरुलाइ सिमाक्षेत्रमा उचित स्वस्थ्य परीक्षणगरि सुरक्षीत स्थान तिर पठाउने ब्यबस्था गर्न सकिन्थ्यो नि हैन र ?
समस्या नेपालको मात्रै हैन सरकार अष्ट्रेलियामा बसोबास गर्दै आयका ५ लाख भन्दा बढी नेपालीहरु लाई अष्ट्रेलियन सरकारले आर्थिक संकट देखाउदै बिदेशी नागरिकहरुलाई कुनै पनि सेवा दिन नसक्नेहुँदा आफ्नै देशमा फिर्ता जान आदेस दिएका छन तीमध्य ६० हजार भन्दा बढी पढ्न गएका नेपाली बिद्यार्थीहरु छन यो बिषयलाई गम्भीरता पुर्बक बिचार गर्नु पर्ने होकि सरकार ?
अष्ट्रेलिया जस्तै बिश्वका कयौं राष्ट्रमा छरिएर रहेका नेपालीहरुको अवस्था के कस्तो छ तिनीहरुलाई उद्दार गर्नपरे के कस्तो तयारी गर्न सकिन्छ यतातिर पनि ध्यानाकर्षण गर्ने होकि सरकार ? अरुदेशले त उसको देशको नागरिकहरुलाइ हवाईजहाज चार्टर्डगरेरलगे हाम्रापनि नेपालीदाजुभाइ दिदिबहिनीहरु बिदेशमा बसेर नेपालको सरकारलाई सम्झेर टुलुटुलु आकाशतिर हेर्दैहोलान् । कतिले चुनाव जिताउन आर्थिक सहयोगपनि गरेकाहोलान के यातातिर हाम्रो दायित्व छैन र सरकार ?
को’रोना नियन्त्रण राहत कोष बनाउने अनि जनतालाई राहत र स्वस्थ्य सामाग्री चाहिँ सञ्चारमाध्यमको हारगुहारमा जनतालेनै दिन पर्ने ? नेपाल को दुईतिहाई अलौकिक सरकारलाई जनताहरुले देख्नसकेन छुनसकेन अनी महसुस गर्न सकेन भने आखिर के का लागि ? कसकोलागि ? अनि खै कता छौ सरकार ? यदि छौ भने जनताको रगत पसिनाको करबाट लिएको सरकारी सेवा सुबिधा त्यगेर जनताको माझमा उभिन सक्नुपर्छ नि यस्तो बिपत्तिको बेलामा भ्रस्टाचार गर्ने भ्रष्टाचारीलाई कार्बाही गर्ने किन सकियन सरकार ?
हालको परिवेशमा बिश्वको कयौं देशहरूले लक्डाउनको अबस्था खेप्न परेकोहुँदा अर्थतन्त्रलाइ धरासाही पार्ने भयाबह स्थितिको सिर्जना हुन केहिदिन मात्र बाकिछ । ध्रुवसत्य कुरात आजको अवस्थामा पनि हाम्रो देश नेपाल रेमिट्यान्सले मात्रै धानेको कुरामा कुनै दुईमत छैन भोलिको अवस्था धान्नसक्ने पुर्बतयारी योजना के छ सरकार हामिसंग ? होला सबै नागरिकको चित्त बुझाउनु सकिन्न तर चित्तबुझ्दो कामचाही गर्नै पर्छ सरकार ! यो को’रोनाको माहामारी बाट आइपर्ने सबैखाले परिस्थितिसंग अनुशाशीत र इमानदारीभै संकटको सामनागर्न सबैमा आग्रह गर्दछु !
लेखक राष्ट्रिय प्रजातान्त्र पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ