शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको घ्याङलेख गाउँपालिकाद्वारा साबुन र माक्स वितरण

आइतवार , चैत्र २३, २०७६

सिन्धुली,२३ चैत – सिन्धुलीको घ्याङलेख गाउँपालिकाले गाउँपालिकाबासीहरुलाई साबुन र माक्स वितरण गरेको छ । विश्वभर म’हामा’रीको रुपमा फैलिरहेको को’रोना भा’ईरस(को’भिड– १९) संक्रमण फैलिन नदिन गाउँपालिकाले साबुन र माक्स वितरण गरेको हो ।

गाउँपालिकाले सम्म सं’क्रमण फैलिन नदिन गाउँपालिकाको ५ ओटै वडामा ३ हजार ७ सय पिस हात धुने साबुन र १६ हजार ५ सय माक्स वितरण गरेको गाउँपालिका अध्यक्ष जगत बहादुर भोलनले जानकारी दिनुभयो । पालिकाका सबै वडाको घर÷घरमै गएर वडाअध्यक्षहरुले साबुन, माक्स वितरण गर्नुभएको उहाँले भन्नुभयो ।

लकडाउनको मारमा परेका दैनिक ज्यालादारी गर्ने श्रमिक परिवारलाई राहत वितरण गर्ने बिषयमा छलफल भईरहेको उहाँले बताउनुभयो । दैनिक श्रम गरेर खाने श्रमिक परिवारको लगत संकलनको काम वडाहरुले गरिरहेको उहाँले बताउनुभयो बताउनुभयो ।

वडा कार्यालयले आफ्ना क्षेत्रमा भएका श्रमिक परिवारको लगत संकलन गरेर भोली सम्म बुझाउन आग्रह गरिएको उहाँले बताउनुभयो । उहाँले स्वास्थ्य कर्मी र एम्बुलेन्स चालकको सुरक्षाका लागि पिपिई सेट, सेनिटाईजर लगाएतका सामाग्रीहरु वितरण गरिएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया