शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

को’रोना परीक्षण नै नगरिएका १२६ जना ‘रे’ड जोन’मा

शनिवार , चैत्र २२, २०७६

काठमाडौँ ,२२ चैत –स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको अति उच्च जो’खिम अथार्त ‘रेड जोन’मा १ सय २६ जनामा रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता देवकोटाले नयाँ वेबसाइड तथा मोवाइल एपबाट गरिएको ‘सर्वेक्षण’का क्रममा १ सय २६ जना रेड जोनमा रहेको बताउनु भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अगाडि को’रोना भा’इरस (को’भिड–१९)को लक्षण पहिचान गर्ने एउटा छुट्टै वेवसाइट र मोबाइल एप प्रयोगमा ल्याएको थियो । हालसम्म ६ हजार ५ सय २७ जनाले वेवसाइट र मोबाइल एप ‘प्रयोग’ गरी आफूहरुमा देखिएको लक्षण उल्लेख गरेका छन् । जसमध्येका १ सय २६ जनामा को’रोना सं’क्रमणको सबै लक्षण मिल्न गएको प्रवक्ता देवकोटाले बताउनु भयो ।

देवकोटाका अनुसार स्वास्थ्य मन्त्रालयले अहिले को’रोना भा’इरस संक्रमणको लक्षण देखिएका १ सय २६ जनाको खोजी गइरहेको छ । उनीहरुको खोजी पछि सबैको नमूना परीक्षणका लागि स्वाव संकलन गरिने उहाँको भनाइ छ ।

नौसय व्यक्तिको भीडमा सं क्रमितको २८ घण्टा बास

भारतबाट फर्किएका ९१४ जनाको भीड चैत १० गते राति करिब ८ बजेतिर गौरीफन्टा नाकामा पुग्यो । भारतबाट फर्किएका नेपालीको त्यो भीडले ह्वात्तै नेपाल प्रवेश गर्न भने पाएन ।

नेपाल–भारत सीमा नाका बन्द गरिएकोले सुरक्षा निकायले उनीहरुलाई सिमानामै रोक्यो । नाकामै रात कटाएका नेपालीले चैत ११ गते विहानै नारा जुलुस गरे । उनीहरुको भीड ज बरजस्ती नेपालतर्फ अगाडि बढेपछि सुरक्षाकर्मीले सामान्य ब’लसमेत प्रयोग गर्नुपर्यो । र, त्यो भीड पछाडि हट्यो ।

झन्डै २८ घण्टा नाकामै रोकिएको भी डमा सुदूरपश्चिम प्रदेशकोमात्रै नभई अरु प्रदेशका गरी १९ जिल्लाका ९१४ जना थिए । त्यही भीडमा हुनुहुन्थ्यो, कैलालीको लम्कीका २१ वर्षीय युवा । जसलाई को रोना पो जेटिभ रहेको आजमात्रै पुष्टि भएको छ । मुम्बईबाट घर फर्किनु भएको उहाँलाई १३ दिनपछि को रोना पो जेटिभ रहेको पुष्टि भएको हो । भारतबाट फर्किएका विभिन्न जिल्लाका व्यक्तिहरुसंग उहाँले नाकामा झन्डै २८ घण्टा बिताउनु भएको थियो ।

नाकामा अलपत्र परेका उनीहरुलाई संघीय सरकारको आदेशपछि चैत ११ गते १० बजे रातिमात्रै गन्तव्यतर्फ पठाइएको थियो । आज को रोना स ङक्रमित पुष्टि भएको व्यक्तिले नाकामा ठूलो भीडको बीचमा एक रात एक दिन बिताएको कैलाली प्रहरीले पनि पुष्टि गरेको छ । यो तथ्य बाहिरिएपछि सुदूरपश्चिम प्रदेशमा को रोनाको ख तरा र त्रा स झनै बढेको छ ।

सं क्रमित व्यक्तिसँगै भीडमा रहेका व्यक्तिहरु विभिन्न जिल्लाको कुना–कुनासम्म पुगिसकेका छन् । उनीहरु सबैलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राख्ने आदेश दिइएको थियो । तर, सबै व्यक्ति क्वारेन्टाइनमा नरहेको बताइन्छ ।

गौरीफन्टा नाकाबाट प्रवेश गर्नु भएका सङ्क्रमित व्यक्तिलाई लम्कीचुहा नगरपालिका–९ स्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । उहाँलाई चैत १२ गते क्वारेन्टाइनमा राखिएको जनाइएको छ । सो विद्यालयको क्वारेन्टाइनमा ४४ जना र स ङ्क्रमित युवासंगै एउटै कोठामा थप तीन जनालाई पनि राखिएको लम्कीचुहा नगरपालिकाका नगर स्वास्थ्य संयोजक जयन्ती बिसीले बताउनुभयो ।

उहाँका अनुसार सं क्रमित पुष्टि भएका युवालाई लक्षण देखिएपछि आज विहानमात्रै चेकजाँचका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको हो । मुम्बईबाट फर्किनु भएका ती युवामा कोरोना पोजिटिभ भए पनि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । सं क्रमित पुष्टि भएका युवासँग बसेका थप अरुलाई पनि चेकजाँचका लागि ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका फोकल जयसिंह भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया