शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेपालमा थप तीन जनामा सं’क्रमण भएको पु’ष्टि

शनिवार , चैत्र २२, २०७६

काठमाडौं, २२ चैत – स्वास्थ्य मन्त्रालयले थप तीन व्यक्तिमा को’रोना भा’इरसको सं’क्रमण भेटिएको पु’ष्टि गरेको छ ।

कैलाली र कन्चनपुरमा थप तीन जनामा को’रोना भा’इरस (कोभिड–१९) पो’जेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा को’रोना सं’क्रमितको संख्या ९ पुगेको छ ।

भारतबाट फर्किएका दुई जनामा को’रोना भाइरसको सं’क्रमण देखिएको छ । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई को’रोना भा’इरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि को’रोना भा’इरस पुष्टि भएको छ ।

त्यस्तै, यसअघि कैलालीमा सं’क्रमित भेटिएका पुरूषको आ’फन्त एक जना महिलामा पनि को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ । सं’क्रमित महिला चौथो सं’क्रमित व्यक्तिका भाउजू हुन् । सं’क्रमित व्यक्ति युएईबाट नेपाल आएका थिए।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आ’इसोलेस’नमा छन् । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

कैलाली र कञ्चनपुरको यो घ’टनाले पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा को’रोना सं’क्रमण पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि को’रोना भा’इरसको सं’क्रमण भएका सबै के’सहरु बाहिरबाट आएका महिला तथा पुरुषहरु थिए।बाहिर नगएकी महिलालाई पहिलोपटक नेपालमा को’रोना भा’इरसको संं’क्रमण देखिएको छ।

बाहिरबाट आएको केसलाई पहिलो चरणको संक्रमण मानिन्छ भने उनीहरुले नेपालमा आएर नयाँ बिरामीमा सं’क्रमण फै’लियो भने त्यसलाई दोस्रो चरणको मानिन्छ।

विश्व स्वास्थ्य संगठनले को’रोना सं’क्रमणको दरलाई ४ चरणमा छुट्याएको छ । जसमा पहिलो चरण आयातीत सं’क्रमण हो जहाँ सं’क्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसबाट मुलुकमा भा’इरस मुलुकमा भित्रिन्छ। आज भन्दा अगाडी नेपाल यहि चरणमा थियो, जहाँ विदेशबाट आएकामा मात्र भा’इरसको सं’क्रमण देखिएको थियो ।

दोस्रो चरण भनेको स्थानीय रुपमा सं’क्रमण फैलिनु हो। अर्थात् बाहिरबाट आएका मानिसमा देखिएको सं’क्रमण स्थानीय मानिसमा सर्न थाल्नु । नेपाल अब सं’क्रमणको दोस्रो चरणमा पुगेको छ।

तेस्रो चरणमा सं’क्रमण सामुदायिक रुपमा फै’लिन्छ । यो चरणमा सं’क्रमित वा विदेशबाट आएका मानिससँग नभेटेकाहरुमा पनि सं’क्रमण हुन थाल्छ । चौथो तथा अन्तिम चरण म’हामा’री हो । यो सं’क्रमणको सबैभन्दा खराब अवस्था हो यो यसमा भा’इरसको प्र’कोप रोक्न निकै क’ठिन हुन्छ । यो चरण अधिकमात्रामा सं’क्रमितको संख्या स्थानीय रुपमा फैलिँदै जानु हो।

 

प्रतिक्रिया