काठमाडौँ,२२ चैत – अमेरिकामा को’रोना भा’इरस म’हामा’रीको इपिसेन्टर न्यूयोर्कमा अवस्था सुधार हुने शंकेत देखिएको छैन।
न्यूयोर्क राज्यमा शुक्रबार एकै दिन नोवेल को’रोना भा’इरसका कारण हुने को’भिड–१९ बाट अहिलेसम्मकै धेरै ५६२ जनाको म’त्यु भएको छ ।
न्यूयोर्कमा हरेक साढे दुई मिनेटमा एकजनाको को’रोना भा’इरसका कारण मृ’त्यु भएको देखिएको छ । न्यूयोर्कमा अहिलेसम्म ३२ सय १८ जनाको मृ’त्यु भएको छ ।
यो अमेरिकामा को’रोना भा’इरसका कारण मृ’त्यु हुने कुल संख्याको झण्डै आधा हो । अमेरिकामा अहिलेसम्म को’भिड–१९ का कारण सात हजार चार सय ६ जनाको मृ’त्यु भएको छ ।

न्यूयोर्कमा कुल सं’क्रमितको संख्या एक लाख तीन हजार ४७६ पुगेको छ । अमेरिकामा कुल सं’क्रमितको संख्या दुई लाख ७७ हजार ४६७ पुगेको छ ।
न्यूयोर्कपछि को’रोना भा’इरसका कारण सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कसँगै सीमा जोडिएको न्यू जर्सी हो । न्यू जर्सीमा अहिलेसम्म २९ हजार ८९५ जनामा सं’क्रमण पु’ष्टि भएको छ भने मृ’त्यु हुनेको संख्या ६४६ पुगेको छ।
मिसिगन, क्यालिफोर्निया, मासाचुसेट्स, लुजियाना र फ्लोरिडामा १० हजार भन्दा बढीमा सं’क्रमण भएको छ । यस्तै यी राज्यमा क्रमशः ४७९, २८५, १९२, ३७० र १७० जनाको मृ’त्यु भएको छ ।