सिन्धुलीको कमलामाई नगरपालिकाले उपभोक्तालाई खाद्यान्नको अ’भाव हुन नदिन सुपथ मूल्यको घुम्ति पसल संचालनमा ल्याएको छ । नगरपालिकाको सर्वपक्षिय बैठकले पसल संचालन गर्न उद्योग वाणिज्य संघलाई जिम्मा दिएको छ । नगरपालिकाले उपभोक्ताको हितमा चालेको यस कदम स्वागतयोग्य छ । तर, उपभोक्ताहरुले भने घुम्ति सेवा प्र’भावकारी ढंगमा संचालनमा न’आएको गु’नासो गरिरहेका छन् । विशेषगरि, वि’पन्न परिवारले घुम्ति सेवाबाट सुविधा पाउन न’सकेको दु’खेसो पोखेका छन् । घुम्ति सेवामा धेरै सामान खरिद गर्नुपर्ने बा’ध्यता रहेको उपभोक्ताहरुले गु’नासो गरिरहेका छन् । खुद्रा सामान खरिद गर्न न’सकिने हुँदा उपभोक्ताहरुले यस सेवाबाट सुविधा पाउन सकिरहेका छैनन् । को’रोना भा’इरस (को’भिड–१९) का कारण ल’कडाउनले गर्दा सर्वसाधरण जनता बजारमा खासै निस्किएका छैनन् । निश्चित समय बाहेक पसलहरु संचालन नहुँदा घुम्ति सेवाबाट नगरवासिले धेरै अपेक्षा गरेका थिए । तर, घुम्ती पसलमा सिंगो बोरा र कार्टुननै किन्नुपर्ने दबाबपछि उपभोक्ताहरु चि’न्तित बनेका छन् ।
तसर्थ, कमलामाई नगरपालिका र उद्योग वाणिज्य संघले घुम्ती पसललाई प्रभावकारी बनाउन ध्यान दिन आवश्यक छ । घुम्ती पसल सेवा कार्यक्रमप्रति नगरबासिलाई आकर्षित गर्न सम्बन्धित निकायले विशेष जोड दिन जरुरी छ ।