शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सा व धान रहौँ, नेपालमा फेरिए भेटिए अर्को कोरोना सं क्र मि त

बिहिवार , चैत्र २०, २०७६

नेपालमा फेरि एकजना कोरोना सं क्र मित भेटिएका छन् । छैटौं कोरोना भा इर स (कोभिड–१९)को सं क्रमि त भेटिएका छन् । बाहिर देशबाट चैत ४ गते नेपाल आएका व्यक्ति सं क्र मि त भएका हुन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैठौं कोरोना सं क्र मि त भेटिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ सं क्र मि त थपिएको जानकारी दिएका हुन् ।

सरकारले बुधबासम्ममा १ हजार १ सय ४५ जनाको मात्रै को रो ना प रीक्ष ण गरेकोमा ५ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार १ सय ३३ जनाको नमुना प रीक्ष ण भएको छ भने धरानेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना प री क्षण गरिएको छ ।

अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ४ जना र ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा ४ जना गरि उपत्यकाका अस्पतालमा ८ जनाको आ इसो लेशन अर्थात डाक्टरको नि ग रानीमा उ प चार भइरहेको छ ।

पहिलो पटक चीनबाट नेपाल आएका पुरुषमा माघ ९ गते को रोना पुष्टि भएको थियो। त्यसको दुई महिनापछि फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षकी युवतीमा कोरोना पुष्टि भएको थियो । दुईजनामा कोरोना पुष्टि भएपछि सरकारले चैत ११ गते ल कडाउनको घोषणा गरेको थियो ।

नेपालमा छैठौं व्यक्तिमा कोरोनाभाइरस (कोभिड(१९) पोजेटिभ देखिएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैठौं व्यक्तिमा सं क्रम ण  देखिएको पुष्टि गरेको हुन् ।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा एउटा पोजेटिभ आएको छ’,उनले भने,‘ यो छैठौं केस हो, यो पनि  क्यु आर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौं आएकोमा देखिएको हो ।’

ती व्यक्ति गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजबाट आएका हुन्। यद्यपी उनी कहाँका हुन् र महिला हुन् कि पुरूष भन्ने पनि खुलाइएको छैन । योसँगै नेपालमा कोरोनाबाट सं क्रमि त हुनेको संख्या ६ पुगेको छ ।

पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एक जना छन् ।

प्रतिक्रिया