काठमाडौ १९ चैत – अंग्रेज वर्षको आज अप्रिल १ तारिख । पश्चिमा संस्कृति अनुसार अपि्रल १ तारिखका दिनलाई अप्रिल फूलको रुपमा मनाउने गरिन्छ । अप्रिल फूल अर्थात विश्व मु र्ख दिवसलाई पछिल्लो समय नेपालमा पनि मनाउन थालिएको छ ।
अप्रिल फूलको दिन साथीभाई तथा इष्टमित्रलाई झु क्याउँदै मुर्ख बनाउने चलन छ । अरुलाई मु र्ख बनाएर दुः ख दिने आफूले आनन्द लिने यो दिनलाई मानिसले निको मान्दैनन् तर पनि रमाइलो मान्दै एकले अर्कोलाई झुक्याउने चलन नेपालमा पनि बढ्दै गएको छ ।
नेपालमा राजनीतिक दलहरुले आफैले प्रतिवद्धता गरेका कुराहरु समेत कार्यान्वयन नगरेका हुनाले नेताहरुका लागि भने नेपालमा सधै अप्रिल फूल भनेर पनि सामाजिक सञ्जालहरुमा ब्यंग्य गर्न थालिएको छ ।
अप्रिल फुलको शुरुवात सन् १५८२ मा पोप चार्स नवौंले पुरानो क्यालेन्डरको स्थानमा नयाँ रोमन क्यालेन्डरको लागू गरेपछि भएको हो । शुरुमा नयाँ सालको रुपमा अप्रिल १ लाई लिने गरिन्थ्यो । तर सन् १५८२ मा यसलाई बदलेर नयाँ वर्षको पहिलो दिनका रुपमा १ जनवरीलाई कायम गरियो ।