बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

नागरिकको सुरक्षामा ध्यान देऊ

सोमवार , चैत्र १७, २०७६

विश्वका हरेक देश अहिले कोरोना भाइरस (कोभिड–१९) सँग जुधिरहेका छन् । कोरोना भाइरसको नियनत्रण र रोकथामका लागि विभिनन योजनाहरु बनाएर देशहरु अघि बढिरहेका छन् । नेपालमा पनि तिव्र रुपमा देशलाई सुरक्षित बनाउन योजनाहरु बनाइएको छ । हालसम्म, नेपालमा पाँच जना संक्रमितको पुष्टि भइरसकेको छ । जसमध्ये, एकजनाको उपचार पछि स्वास्थ्य अवस्था सामान्य (निको) देखिएको छ । राज्यले आफ्नो नागरिकको सुरक्षाकालागि विभिन्न प्रयासहरु गरिरहेको छ । तर, देश बाहिर रहेका नेपालीहरुले भने असुरक्षित महशुश गरेको समाचारहरु आइरहेको छ । विशेषगरि, भारतमा काम गर्न गएका नेपालीहरु नेपाल आउन नसकेर त्रसित भएका छन् । नेपाल–भारतको नाकामा रहेको ती नेपालीहरु राज्यबाट सकुशल उद्धारको अपेक्षा गरिरहेका छन् ।

नेपाल बाहिर रहेका नेपालीहरुको सुरक्षामा राज्यले विशेष पहल चाल्नुपर्ने देखिनछ । उनीहरुलाई नेपाल ल्याएर आवश्यक स्वास्थ्य उपचार गर्न राज्य ले ढिलाई गर्नुहुदैँन । आफ्नो देशको नागरिकको उद्धार गर्न सरकारले कुटनैतिक पहल गर्न जरुरी छ । उनीहरुलाई नेपाल झिकाएर सुरक्षाको प्रत्याभुति दिन सरकार चुक्नुहुदैँन । अतः बाहिरी देशमा रहेका नेपाली नागरिकलाई सुरक्षित नेपालमा ल्याउन र स्वास्थ्य उपचार गर्न सम्बन्धित निकायले गम्भिर भएर आवश्यक कदम चाल्न जरुरी छ ।

प्रतिक्रिया