शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कोरोनाभाइरस : संक्रमण पत्ता लगाउन कुकुरलाई ‘तालिम’

आइतवार , चैत्र १६, २०७६

काठमाडौँ,१७ चैत – कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस संक्रमण पत्ता लगाउन सकिन्छ कि भनेर ब्रिटेनमा परीक्षण सुरु गर्न लागिएको छ ।

मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरहरूलाई तालिम दिइसकेको छ ।

विश्वभरि कोभिड–१९ महामारी फैलिएको बेला डरम यूनिभर्सिटी र लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनसँग मिलेर उक्त संस्थाले कुकुरलाई कोरोनाभाइरस संक्रमण पत्ता लगाउन तालिम दिन लागेको हो ।

मेडिकल डिटेक्शन डग्सका प्रमुख क्लेअर गेस्टका अनुसार “बिरामीबाट सुरक्षित रूपमा भाइरसको गन्ध पत्ता लगाउने उपाय” खोजी हुँदैछ ।

यदि यो कुरा प्रमाणित भयो भने लक्षण नभएका संक्रमित व्यक्ति छुट्याउन पनि कुकुरको प्रयोग हुन सक्नेछ । गेस्टका अनुसार कुकुरको प्रयोगबाट चाँडै र प्रभावकारी ढंग संक्रमण पत्ता लगाउन सकिनेछ । त्यसो भयो भने एनएचएसको साधन र स्रोत आवश्यक परीक्षणमा प्रयोग गर्न सकिनेछ ।

लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनको रोग नियन्त्रण विभागका प्रमुख प्राध्यापक जेम्स लोगनका अनुसार अनुसन्धानबाट कुकुरले सुँघेर औलो रोग पत्ता लगाउन सक्ने प्रमाणित भइसकेको छ । कुकुरको त्यो क्षमता विश्व स्वास्थ्य संगठनले रोग निदान गर्न तोकेको मापदण्डभन्दा बढी छ । बिबिसि बाट ।

सम्बन्धित विषय:

प्रतिक्रिया