शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

महिलाले हाच्छिउँ गर्दा शपिङ मलबाट फालियो ३६ लाखको सामान !

शनिवार , चैत्र १५, २०७६

एजेन्सी ,१५ चैत – कोरोना भाइरस (कोभिड१९) को त्रासका कारण विश्वका अधिकांश देशमा लकडाउनको अवस्था छ । पुरै विश्वलाई सताइरहेको कोरोनाको डर यतीसम्म फैलिएको छ कि कोही व्यक्तिले हाच्छिउँ गर्दा भागदौड मच्चिने अवस्था आएको छ ।

केही घरायसी सामान किन्न मलमा आएकी एक महिलाले हाच्छिउँ गर्दा मलमा भएको ३६ लाखको सामान बाहिर फालिएको छ । पछि ती महिलालाई गिरफ्तार पनि गरिएको छ ।

यो घटना अमेरिकाको पेन्सिलभेनियाको हो । त्यहाँको प्रहरीका अनुसार स्थानीय एक मलमा सामान किन्न गएकी एक महिलाले मलको एउटा क्षेत्रमा हाच्छिउँ गर्दा उक्त क्षेत्रमा रहेको ३५ हजार डलरबराबरको सामान बाहिर फलिएको हो ।

स्टोरमा पुग्नासाथ ती महिलाले हाच्छिउँ गर्न थालेकी थिइन् । स्टोरकिपरका अनुसार मलका मालिकले उक्त सामान फाल्न लगाइ प्रहरी बोलाएका थिए । प्रहरीले ती महिलालाई पक्राउ गरेको छ ।

जाँचपश्चात महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । उनले जानजान गल्ती नगरेको पनि पत्ता लागेको छ । ती महिलालाई आपराधिक कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । अमेरिकामा अहिले चीनमा भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया