शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आजको राशिफल र मौसम

शनिवार , चैत्र १५, २०७६

वि.सं. २०७६ चैत १५ शनिवार । इ.स. २०२० मार्च २८। ने.सं. ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। चतुर्थी, २१:३४ उप्रान्त पञ्चमी।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।शारीरिक र मानसिक रूपमा स्फूर्त भइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। विगतको कर्मफलले मन प्रसन्न रहनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- आज मानसिक चिन्ता वढ्नेछ । साँझमा अधिक पैसा खर्च हुने योगछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । व्यवसायमा नोक्सान हुनेछ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। सरसापटमा नगद बाहिरिन सक्छ। खर्च गराउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। साँझदेखि स्थितिमा सुधार आउनेछ। रोकिएको काम बन्नेछ। पारिवारिक मिलन हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । महिला वा मित्रबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । आम्दानीले उत्साह जगाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। धेरै रकम जोहो गर्नुपर्ने हुँदा ऋणभार समेत बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शैक्षिक क्षेत्रमा सफलता नै मिल्नेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। साँझतिर आयस्रोत सबल बन्नेछ र नगद पनि हातलागी हुनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- आज इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केहि धनखर्च बढ्नेछ । जिम्मेवारी प्राप्त भए पनि फलप्राप्तिमा भने बाधा हुने देखिन्छ। आफ्नो वस्तुमा समेत अरूले दाबी गर्न सक्छन्। श्रम परे पनि लाभांश अरूको हातमा पर्न सक्छ। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काम सम्पादन हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ । स्वस्थयमा समस्या हुनसक्छ त्यसैले संक्रमणबाट आफूपनि बच्ने र अरूलाईपनि बचाउन सहयोग गर्नु होला ।परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि पनि धेरै दौडधुप गर्नुपर्ला। तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुन सक्छ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। साँझदेखि परिस्थिति अनुकूल बन्नेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- आकस्मिक धन लाभ हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । मनोरञ्जनमा सहभागीता भइएला । घुमफिर र मनोरञ्जनको समय भए पनि परिस्थिति अनुकूल काम गर्नुहोला। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। भौतिक साधन जुट्नाले दैनिकी रमाइलो रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ। साँझदेखि स्वास्थ्य कमजोर हुनाले काम रोकिन सक्छ। खर्च पनि बढ्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- आज शुभ समाचार सुन्न पाइएला । प्यारोसाथी संग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि साँझदेखि दिगो काम प्रारम्भ गर्न सकिनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समयछ ।अवसर आए पनि काम थाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। पढाइलेखाइमा गुरुजनको सुझाव र काममा सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेत गर्दा पछिलाई फाइदा हुनेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। साँझदेखि मिहिनेतको फल प्राप्त हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। साँझतिर पारिवारिक असमझदारी बढ्न सक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ । प्यारोसाथी संग भेट होला ।नयाँ कामको प्रस्ताव आउनेछ। आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यावसायिक काममा मनग्गे लाभ हुनेछ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल नेपालमा पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर आँशिक देखि सामान्य बदली रही पश्चिम र मध्य भू-भागका केहि स्थानहरुमा हल्का वर्षा भएकोछ।

आज दिउँसोः- देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

आज रातीः- देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ।

प्रतिक्रिया