शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

लकडाउनका कारण रक्सी पिउन नपाएपछि आत्महत्या

शुक्रवार , चैत्र १४, २०७६

काठमाडौं, १४ चैत -लकडाउनका कारण अहिले अत्यावश्यक सामानहरु पनि सहजै पाइएका छैनन् । यस्तो अवस्थामा सोखको लागि प्रयोग गरिने सामानहरु त झनै पाइँदैनन् । भारतको केरलमा ३५ वर्षका एक व्यक्तिलाई यस्तै भएपछि आत्महत्या गरेका छन् । बताइएअनुसार उनले मदिरा पिउन नपाएपछि आत्महत्या गरेका हुन् ।

आज तकका अनुसार थ्रिसुरका सनोज नामका ती व्यक्ति मदिरा नपाएर तनावमा थिए । सामान्य दिनमा उनी दिनमा २ देखि ३ पटक बार जान्थे । तर, कोरोना भाइरसका कारण देशमा लकडाउन छ । केरल सरकारले बुधबारदेखि मदिरा बिक्रीमा रोक लगाएको छ । यद्यपि यसअघि केरल सरकारले मदिरालाई पनि अत्यावश्यक वस्तुको श्रेणीमा राख्ने भनेको थियो तर विपक्षको दबाबका कारण सरकार पछि हट्यो ।

सरकारको यो फैसलाका कारण विगत २ दिनदेखि सनोज निकै तनावमा थिए । अन्ततः शुक्रबार उनको झुण्डिएको अवस्थामा लाश भेटियो । पुलिसले उनको अप्राकृतिक मृत्युको केस दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ । सुरुवाती जाँचमा घटना आत्महत्याको देखिएको पुलिसले जनाएको छ । यसअघि यहीँ एक कैदीको जिल्ला अस्पतालमा मृत्यु भएको थियो । बताइएअनुसार उनले स्यानिटाइजरलाई मदिरा सम्झेर पिएका थिए ।

प्रतिक्रिया