शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

‘लक–डाउन’मा २ बहिनीले अनलाइन बिहे

शुक्रवार , चैत्र १४, २०७६

काठमाडौँ ,१४ चैत – कोरोना भाइरस (कोभिड–१९) का कारण अधिकांश मुलुकमा लक–डाउन गरिएको छ । लक–डाउनका समयमा दुई जोडीको विवाह भएको खबर अहिले सामाजिक सञ्जालभर चासोको विषय बनेको छ ।

यो घटना भारतको विहारस्थित बेगूसरायको हो । यहाँ दुई दिदिबहिनीको अनलाइनबाट विवाह गरिएको छ । ल्यापटपमा भिडियो कन्फ्रेन्सिङ गरी दुई दिदिबहिनीको विवाह सम्पन्न गरिएको हो ।

स्थानीय मिदहटोली निवासी मोहम्मद वली अहमद कुरैशीको दुई छोरी नगमा परवीन र राहत परवीनको २५ मार्चमा विवाह तय भएको थियो । यद्यपी २१ दिनको लकडाउन यही अवधिमा छ ।

लक–डाउनलाई समर्थन गर्दै बेहुला र बेहुलीपक्षले अनलाइनबाटै विवाह गर्ने निर्णय गरे । २५ मार्चकै दिन कुरैशीकी जेठी छोरी नगमाको नालंदा जिल्लाको शमशाद एवम् दोस्री छोरी राहतको सोही जिल्लाका शाहनवाज आलमसँग अनलाइनमार्फत विवाह गरिएको हो ।

प्रतिक्रिया