सुनसरी जिल्लाको इटहरी नगरपालिकाका मेयर द्वारिकालाल चौधरी सधैँजसो विवादमा परिरहन्छन् । उनको शब्द चयन र हर्कतहरुले उनलाई विवादमा ल्याउने गर्दछ । केहि समयअघि पत्रकारमाथिको दुव्र्यवहार र गालीगलौजका कारण चौधरीको विरोध भएको थियो । तर, उक्त समयमा उनको समर्थनमा आवाज नउठेका पनि होइनन् । उहाँले अन्तरवार्तामा आफूमाथि पत्रकारले निरन्तर अनावश्यक टिकाटिप्पणी गरेको हुँदा उक्त कदम चालेको बताउनुभएको थियो ।
अहिले फेरि पनि मेयर चौधरीको दुव्र्यवहारका कारण विवादमा आउनुभएको छ । उहाँले पत्रकारमाथि अश्लिल शब्द प्रयोग गर्दैे बिना कुनै कारण गालीगलौजमा उत्रिनुभएको अडियो सार्वजनिक भएको छ । कोरोनाको बारेमा बुझ्न खोज्दा मयेर चौधरीले घिनलाग्दो शब्दको प्रयोग गर्दै पत्रकारलाई गाली गर्नुभएको छ । यसरी जनप्रतिनिधिनै विकृतिको बाटोमा हिड्न खोजेपछि आगामी दिनमा हाम्रो समाज कसरी अघि बढ्छ भन्ने प्रश्न उठेको छ । जनप्रतिनिधिमा देखिएको दम्भलाई नियन्त्रण र रोकथाम गर्न उहाँ आबद्ध राजनैतिक दल र सम्बन्धित निकायले आवश्यक कदम चाल्न जरुरी छ । अन्यथा, आगामी दिनमा जनप्रतिनिधिनै असुरक्षित नहोलान् भन्न सकिन्न ।