शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कोरोना : पुँजीवाद र समाजवाद ।

बिहिवार , चैत्र १३, २०७६

लेखक

  कोरोना संक्रमणले २१ शौं शताब्दीको मानव समाज आक्रान्त बनेको छ । मानव समाज पुँजीवाद कि समाजवादमा सुरक्षित, सभ्य र अस्तीत्वमा रहन सक्छ भन्दै आफैंबीच बहस र संघर्ष गरिरहेका बेला महामारिको अर्को संकटमा परेको छ । दुबै पक्ष यो कोरोना भाइरस (कोविड— १०) को बिरुद्ध लडिरहेको बेला पुँजीवाद र समाजवादका सिद्धान्त पनि टकराब गरिरहेका छन् । हुन त यो कोरोना भाइरस अमेरिकामा पनि उत्पती भएर केहीको ज्यान गएको र अनुसन्धान नै नभै हराइको थियो पनि भनिएको छ । पछि चीनको बुहानमा देखापरेपछि चीनले नियन्त्रणको अथक प्रयास गर्दागर्दै बाहिरिएको ठानिएको छ । यो अवस्थामा मानव जातीका लागि बिश्व संकटको रुप लिने देखिएपछि उपायहरु ल्गाउन सिद्धान्तहरु व्यवहारमा ल्याउने अनिवार्य आवश्यकता देखा प¥यो । जब मानवजाती नै संकटमा पर्यो तव यो सामान्य मानवले समेत बुझ्नेगरि सिद्धान्त टकराब भएको देखियो । चीनले माओको निधनपछि लिएको आर्थिक नीति पुँजीवाद हो तर यसले आफूलाई कम्युनिस्ट नै भनिरह्यो र आफुले सञ्चालन गरिरहेको व्यवस्थाको नाम पनि समाजवाद रहेको दावी गरिरह्यो । पुँजीवादको सारतत्व व्यक्तिगत स्वतन्त्रता हो र समाजवादले सामाजिक उत्तरदासयत्व अन्तर्गत व्यक्तिगत स्वतन्त्रतालाई आधार रुपमा लिन्छ । जुनबेला मानव अस्तीत्व संकटमा पर्दछ त्यतिबेला देखिनेगरी व्यवहारमा प्रकट हुने गर्दछ । पुँजीवादको एउटा दाबी छ— व्यक्तिगत स्वतन्त्रताले मानव जातीले भोगेका सबै समस्याको समाधान दिन्छ । समाजवादी अर्थात जनपक्षीय नीति लिनेहरुले पुँजीको व्यक्तिगत स्वामित्वलाई व्यक्तिको स्वतन्त्रताको रुपमा लिने कुराको बिरोध गर्ने गरेका छन् । समाजवादीले मानिसलाई सामाजिक प्रणीको रुपमा लिने गरेका छन् । समाजबिना मानिसको अस्तीत्वमा रहन सक्दैनन् । मानव जातीको अस्तीत्वको लागि मानिसले सामाजिक उत्तरदायित्व पनि अनिवार्य रुपमा लिनुपर्दछ भन्ने समाजवादी मान्यता रहेको छ । यही सिद्धान्तको टकराबको साथ चीनको बुहानमा चीनले कोरना भाइरस नियन्त्रणको लागि लक डाउन गर्‍यो । यसबाट मानिसको व्यक्तिगत स्वतन्त्रता हनन् भएको भन्दै अमेरिकाले बिरोध ग¥यो । चीनले भने यसको बेवास्था गर्दै लक डाउनमार्फत नैं नियन्त्रण गर्नसक्यो । अमेरिकाले भने अमेरिकालाई लक गर्ने कुरा सोच्नपनि नसक्ने भन्दै सिद्धान्तको पक्षमा दृढता प्रकट गरेपछि पुँजीवाद (अहिले साम्राज्यवादको रुपमा पतन भएको) र समाजवादको टकराव सतहमा देखिनेगरि संसारभरिका मानिसले बुझ्न पाएका छन् । सिद्धान्तको संघर्षमा चीन अहिले सफल देखिएको छ । सिन्द्धान्तको बेवास्था गर्दै सिंगापुर र क्यालीफोर्नियाँले चीनीयाँ मोडेल अपनाउँदै संकट टार्न सकेका छन् । नेपाल, भारत लगायतका केही अन्य देशले पनि आफूलाई जोगाउन व्यक्तिगत स्वतन्त्रताको अधिकारलाई निलम्बन गर्दै आफूलाई जोगाउने प्रयास गरिरहेका छन् । अमेरिका र केही पुँजीवादी मुलुकले भने व्यक्तिगत स्वतन्त्रतालाई निलम्बन गर्न नमान्दा ध्वंश हुँदैछन् । उनीहरुले संक्रमणलाई अनियन्त्रित बनाइरहेका छन् । अमेरिकामा बुलेट ट्रेनको गतिमा यो संकट निम्तिएको त्यहींका शासकले बताउन थालेका छन् । अहिले विश्वभरिबाट ट्रम्पको आलोचना पनि सोही अनुरुप भैरहेको छ । ट्रम्पको मुर्खता र साम्राज्यवादी नीतिलाई अहिलेका विश्वले बुझिनेगरि देख्न पाएका छन् । मानिसको यो बुझाईले कोरोनो कहरको अन्त्यपछि विश्वले कुनबाटो तय गर्ला भनेर बिश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया