बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

समन्वय गरेर अघि बढौँ

बिहिवार , चैत्र १३, २०७६

सिन्धुलीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हालसम्म देखिएको छैन । जिल्लाका स्थानिय तहले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामकालागि आवश्यक कामहरु गरिरहेको छ । स्थानिय तहले क्वारेन्टाइन निर्माण देखि शंका लागेका व्यक्तिलाई निगरानिमा राखेर परिक्षणको व्यवस्था पनि गरेको छ । केन्द्रिय सरकार देखि स्थानिय सरकारले कोरोना विरुद्ध पहल तथा आवश्यक कदम चालिरहेको अवस्थामा सर्वसाधरणले पनि आफ्नो भुमिका निर्वाह गर्न आवश्यक छ । अहिलेको मुख्य समस्या भनेको कोरोना भाइरसको लक्षण देखिएको व्यक्तिको पहिचान हो । अहिलेसम्म जिल्लामा तीनजनामा केहि लक्षण देखिएका कारण आइसोलेसनमा राखिएको छ । एकजनालाई भने संक्रमण नभएको पुष्टि भइसकेको छ । यो अवस्थामा सर्वसाधरणले विगत एक महिना भित्रमा भारत, राजधानी काठमाडौँ र तराईका छिमेकि जिल्लाहरुबाट फर्किएका आफन्तजन छिमेकी व्यक्तिहरुको पहिचान गरि तीनिहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी राख्न जरुरी छ । जिम्मेवार निकायले त्यस्ता व्यक्तिको तथ्यांक राखेपनि अहिलेको अवस्थामा स्वयं नागरिक पनि सचेत भएर अघि बढ्न आवश्यक छ । यसकालागि सर्वसाधरणले आफूले पाएको सूचना सम्बन्धित निकायमा जानकारी दिन जरुरी छ ।

अतः कोरोनाको महामारी नियन्त्रण र रोकथामकालागि सर्वसाधरणले पनि जिम्मेवार निकायसँग समन्वय गरेर अघि बढ्न आवश्यक छ ।

प्रतिक्रिया