मंगलबार देखि देशभर शुरु भएको लकडाउनमा अधिकांश नागरिक सरकारको समर्थन गर्दै घरबाहिर निस्कीएनन् । सरकारको समर्थन गर्दै आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिएर नागरिक आफू बसेकै ठाउँमै लकडाउन भएर बसेका छन् । तर, केहि सर्वसाधरण भने अनावश्यक रुपमा हिडिरहेको दृश्य देखिएको छ । कोरोना भाइरस ९कोभिड–१९० लाई रोकथाम गर्न सरकारले मात्र कदम चालेर हुदैँन । महामारिका रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण गर्न स्वयं आफू सचेत हुन आवश्यक छ । नेपालमा कोरोना फैलिएको छैन भन्दै लापर्वाही गर्ने हो भने त्यस्ले आगामी दिनमा विकराल समस्या ल्याउने देखिन्छ । कोरोना भाइरसप्रति लापर्वाही र नजरअन्दाज हुँदा अहिले इटालीमा ठूलो मानविय क्षति भइरहेको छ ।
तसर्थ, महामारी कोरोना भाइरसको नियन्त्रणमा सबै नागरिक सचेत हुन जरुरी छ । वर्तमान अवस्थामा सुनसान सडक र समाजमा भिडभाड नियन्त्रणनै भाइरसको नियन्त्रणकालागि उपयुक्त कदम हो । अतः सरकारको निर्णयलाई अवेज्ञा गर्नु भनेको आफ्नो स्वास्थ्यमा खेलबाड गर्नु हो र अरुलाई पनि जोखि बढाउनु हो भन्ने सबैले बुझ्न आवश्यक छ । अतः यो महामारी विरुद्ध लड्न सबैले सावधानी अपनाउन जरुरी छ ।