बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

हामी सक्षम छौँ

मंगलवार , चैत्र ११, २०७६

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण देशभर लकडाउनको निर्णय गरेको छ । सरकारको यस निर्णय स्वागतयोग्य छ । किनभने, महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण र रोकथामको उत्तम उपायनै लकडाउन हो । सवारीसाधनको आवतजावतमा रोक र मानिसहरुलाई बाहिर निस्कन प्रतिबन्ध लगाउँदा भाइरस फैलिन पाउदैँन । मानिसहरुको भिडभाड बढेमा भाइरस सजिलै फैलिन्छ । तसर्थ, उक्त निर्णयको समर्थन गर्दै हरेक नागरिकले सरकारको आदेश पालना गर्नुपर्दछ । सरकारले प्रतिबन्ध लगाएर नागरिकको स्वास्थ्य सुरक्षित बनाउन खोजेको हो । त्यसैले, सरकारको आदेशलाई सबैले पालना गर्न जरुरी छ ।

लकडाउनलाई हाउँगुजि बनाउने भन्दा पनि कसरी यो भिषम परिस्थितिमा जुध्ने भनेर सर्वसाधरण केन्द्रित हुनुपर्छ । इटालीमा लकडाउनलाई नजरअन्दाज गर्दा दैनिक ५ देखि ६ सयको हाराहारीमा मृत्यु भइरहेको छ । तसर्थ, भाइरसलाई फैलिन नदिन आफू पनि सुरक्षित बनौँ र अरुको सुरक्षालाई पनि ध्यान दिऔँ । अतः अफ्ठ्यारो समयमा त्यस्को प्रतिरोध गर्न नेपाली सक्षम छन् भन्ने सन्देश दिदैँ सबैले सरकारको निर्णय पालना गर्न जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया