बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

एसइईका विद्यार्थीको भ’य हटाउऔँ

मंगलवार , फाल्गुण २७, २०७६

यहि चैत्र ६ गते देखि शुरु हुने एसइई परिक्षामा सिन्धुलीबाट छ हजार विद्यार्थीले सहभागिता जनाउँदै छन् । विश्वमा को’रोनाको प्र’कोप फैलिरहेको बेला एसइई परिक्षा संचालनमा आउने भएपछि विद्यार्थीहरु थोरैबहुत ड’राएका छन् । अहिलेको समय भनेको एसइईका विद्यार्थीले ढुक्कका साथ परिक्षाको तयारी गर्नुपर्ने हो । तर, केहि विद्यार्थीहरु भने को’रोनाका कारण पढाईमा प्र’भावित परेको बताइरहेका छन् । विद्यार्थीहरु को’रोना भा’इरसको अ’फवाहबाट आतंकित बनेका छन् । को’रोना सम्बन्धि अनावश्यक हल्ला फैलिदा विद्यार्थीहरु झनै ड’राएका छन् । तसर्थ, योबेलामा विद्यार्थीहरुलाई को’रोना सम्बन्धि सचेत गराउन आवश्यक छ ।

उनीहरुलाई भ’यरहित बनाउदैँ सा’वधानी अपनाउन तर्फ सम्बन्धित सबै विद्यालयको ध्यान जान आवश्यक छ । एसइई परिक्षालाई विद्यार्थीले विशेष परिक्षा मानछन् । उनीहरुले जतिसक्दो आफ्नो उत्कृष्ठ प्रस्तुति दिने प्रयासमा हुन्छन् । यस्तो समयमा को’रोनाको त्रा’स देखियो भने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उनीहरुको परिक्षा प्र’भावित पक्कै पनि हुनेछ । त्यसैले, जिल्लाका विद्यालयले विद्यार्थीहरुको मनोबल बढाउन र भ’यरहित वातावरण सिर्जना गर्न परामर्श दिन आवश्यक छ ।

प्रतिक्रिया