बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

औषधीमा आत्मनिर्भर बनौँ

आइतवार , फाल्गुण २५, २०७६

नेपालमा सामान्य औषधी पनि भारतबाट आयात गर्नुपर्ने बा ध्यता रहेको छ । औषधीमा आत्मनिर्भर बनाउनकालागि स्वास्थ्य मन्त्रालयबाट राम्रा काम नभएका होइनन् । तर, योजनाहरु कार्यान्वयनमा नआउँदा औषधीमा नेपाल परनिर्भर हुनुपरिरहेको छ । अहिले विश्वमै को रोना भा इरस फैलिरहेको बेला भारतले औषधी आयात नगर्ने भनेपछि नेपालमा तनाब स्थिति सिर्जना भएको थियो । तर, भारतले औषधी निर्यात गर्न सहमत भएको छ । मुख्य कुरा, वर्तमान अवस्थामा देखिएको समस्या निति निर्माताकै कारण भएको हो । किनभने, नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सक्ने संभावना देखेर योजना बनेपनि कार्यान्वयन हुनसकेको छैन । त्यसैगरि, भारतले पनि औषधी बनाउनकालागि अरु देशसँग नै कच्चा पदार्थमा निर्भर हुनुपर्छ । छिमेकि राष्ट्र भारतले कच्चा पदार्थ निर्यात गरेर औषधी बनाइराखेको अवस्थामा नेपाल भारतसँग निर्भर हुनु अस्भाविक हो ।

तसर्थ, आगामी दिनमा औषधीको अभाव हुन नदिन र परनिर्भरतालाई हटाउन स्वदेशमै औषधी उत्पादनकालागि सरकारी तबरबाट प्रयास हुन जरुरी छ । त्यसैगरि, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै सरकारले आवश्यक औषधीको उत्पादनमा प्राथमिकता दिनुपर्छ । अतः आत्मनिर्भर हुन सक्ने चिजहरुमा परनिर्भर हुने बाध्यता हटाउन सम्बन्धित निकायले पहल गर्नुपर्छ ।

प्रतिक्रिया