शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विश्वभर को’रोना सं’क्रमितको संख्या १ लाखभन्दा बढी, मृ’त्यु हुने ३ हजार ५००

शनिवार , फाल्गुण २४, २०७६

वासिङ्टन २४ फागुन –

विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका सङ्’क्रमितको सङ्ख्या एक लाख नाघेको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ ।

संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्याङ्कअनुसार यस भाइरसको प्रकोपबाट सङ्’क्रमित हुने व्यक्तिको सङ्ख्या १ लाख ११३ पुगेको छ ।

उक्त विश्वविद्यालयको तथ्याङ्कअनुसार यस प्रकोपबाट सङ्’क्रमितहरुमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ । चीनमा मात्र यसका सङ’क्रमित करिब ८० हजार जना रहेको उक्त विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ ।

विश्वभर हाल कोरोना सं’क्रमितहरु १ लाखभन्दा बढी पुगेको समाचार विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सङ्’क्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।

अधिकारीहरुले विभिन्न देशबाट जारी गरेका सूचनाहरुको अध्ययनमा यस भाइरसको सङ्’क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या शनिबारसम्म ३ हजार ५०० नाघेको छ । यस भाइरसको सङ्’क्रमण ९२ ओटा देशमा फैलिएको छ ।

कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४४ जनाको मृ’त्यु भइसकेको छ । त्यसैगरी छ हजार ७६७ जनामा कोरोना सं’क्रमण देखिएको शनिबार जनाइएको छ ।

कोरोना भाइरसबाट इटालीमा १९७ जनाको ज्यान गएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । त्यहाँ बिहीबार र शुक्रबार गरी करिब ९० जनाको मृ’त्यु भएपछि मृतकको सङ्ख्या बढेर १९७ पुगेको बताइएको छ । त्यसैगरी गरी इटालीमा ३ हजार ९१६ जनामा यस रोगको सङ्’क्रमण भएको पाइएको छ ।

इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ ।

उता संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा यस प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण दुई व्यक्तिको मृत्यु भएपछि यहाँ पनि यस भाइरसबाट शिकार हुनेको संख्या १६ पुगेको बताइएको छ । संयुक्त राज्य अमेरिकामा २०० सय भन्दा बढी व्यक्तिमा यस भाइरसको सङ्’क्रमण देखिएको छ ।

यस भाइरसको प्रकोपबाट स्पेनमा पनि पाँच जनाको ज्यान गएको छ । शुक्रबार प्राप्त भएको एक समाचारमा त्यहाँ पाँचको मृत्यु भएको हो । शुक्रबार प्राप्त भएको एक समाचारमा त्यहाँ यस प्रकोपबाट एकजनाको ज्यान गएको र त्यससँगै यसबाट ज्यान जानेको संख्या पाँच पुगेको हो ।

स्पेनका स्वास्थ्य अधिकारीहरुले यस भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको संख्या ३६५ पुगेको छ । यहाँ पनि दिन प्रतिदिन यसका संक्र’मितहरुको संख्या बढ्दै गएको छ ।

स्पेनको म्याड्रिड सहरमा नै यसका संक्रमित भेटिएका छन् । स्पेनका स्वास्थ्य अधिकारीहरुले बिहीबार मात्र त्यहाँ १०२ जना नयाँ संक्’रमित भेटिएका हुन् ।

राजधानी म्याड्रिड सहरमा शुक्रबारसम्म १३७ वटा यस भाइरसका संक्रमितहरु उपचारमा रहेका छन् । उक्त सहरमा गएराति सम्म २४ घन्टाभित्रै दुई जनाको ज्यान गएको छ ।

ती दुईजना मध्ये एकजना ९९ वर्षीया महिला र अर्का ७६ वर्षका बृद्ध पुरुष रहेका छन् । यहाँका अधिकारीहरुले पनि यो भाइरसले बढीजसो बृद्धबृद्धाहरुलाई शिकार बनाउने गरेको अनुभव बताएका छन् ।

यसैगरी प्राप्त समाचारमा यो भाइरसको संक्रमण नेदरल्याण्ड्समा पनि देखिएको छ । नेदरल्याण्ड्समा यसको प्रकोपबाट एकजना बृद्धको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार शुक्रबार मात्र नेदरल्याण्ड्समा यस भाइरसबाट एकजना ८६ वर्षीय बृद्धिका ज्यान गएको छ । रोटेड्यामस्थित इकाजेआ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

नेदरल्याण्ड्समा यो भाइरसको प्रकोपबाट ज्यान जानेमा उनी नै पहिलो व्यक्ति भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शुक्रबार मात्र यहाँ ८२ जना कोरोना भइरसका सङ्’क्रमित रहेको पाइएकोमा त्यो संख्या बढेर शनिबार नै १२८ पुगेको पनि बताइएको छ । यसका कारण यहाँको सरकारले विशेष सतर्कता अपनाएको पनि जनाएको छ ।

यसैबीच इरानबाट प्राप्त भएको पछिल्लो समाचारमा त्यहाँ यसको प्रकोपबाट मृ’त्यु हुनेको संख्या १२४ पुगेको छ । इरानी सरकारले शुक्रबार मात्र १७ जनाको ज्यान गएको घोषणा गरेको हो । योसँगै यस भाइरसबाट मृ’त्यु हुनेको संख्या १२४ पुगेको हो ।

इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यो संक्र’मणबाट शुक्रबार साँझसम्ममा ४ हजार ७४४ जना संक्रमित रहेका छन् । यहाँ हरेक दिन नयाँ नयाँ संक्र’मित थपिँदै गएका बताइएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार केही दिनमात्र यता यहाँ १ हजार २३४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्र’मितहरु ठूलो संख्यामा थपिँदै गएकोले अवस्था बडो चिन्’ताजनक रहेको पाइएको समाचारमा जनाइएको छ ।

(रासस/एएफपी)

प्रतिक्रिया