शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

अविवाहित युवायुवती गणेस्थान धाउदै

शनिवार , फाल्गुण २४, २०७६

भद्रकाली(सिन्धुली), २४ फागुन– सिन्धुली जिल्लाको कमलामाई नगरपालिका –३ भद्रकाली स्थित पबित्र धार्मिक तीर्थस्थल गणेस्थान मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरु मध्ये अविवाहित युवायुवतीको सङ्ख्या बढ्दो रहेको छ ।

शुद्धभई ब्रतबसेर तीन पटकसम्म यस स्थानमा आई गणेश भगवानको दर्शन गरेमा राम्रो जीवनसाथी मिल्ने विश्वासले बढि मात्रामा अविवाहित युवायुवती आउने गरेका स्थानीय बासिन्दा बताउछन् ।

मन्दिरका पूजारी अमृतबहादुर गौतम प्रत्येक वर्ष हिउद महिनाको सुरुसँगै गणेस्थान मन्दिरको दर्शन गर्न आउने भक्तजनको चाप बढ्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भगवानको दर्शन गर्न आउने श्रद्धालु भक्तजनमध्ये अविवाहित युवायुवती नै बढि देखिन्छन् । प्रत्येक दिन भक्तजनहरु आउने गरेको भए पनि मंगलबारका दिन भने भक्तजनको चाप धेरै हुन्छ ।”

दुई दशकभन्दा बढि समयदेखि यस स्थानमा श्रद्धालु भक्तजनको उपस्थितीमा प्रत्येक वर्ष पौष कृष्ण पञ्चमी तीथीका दिन मेला समेत लाग्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँका अनसार मेलामा भक्तजनहरु ब्रतबसि रातभर जागराम भई भजजकृतन गाउने र बत्ति बाल्ने चलन पनि रहेको छ ।

उक्त स्थान सदरमुकाम सिन्धुलीमाढीबाट नजिकै रहेकाले सदरमुकामका क्याम्पसमा अध्ययनरत अधिकांस विद्यार्थी आउने गरेको स्थानीय बासिन्दा बताउछन् ।

उक्त वडाका सचिब थलकुमार गौतम पनि उक्त मन्दिर अविवाहित युवायुवतीका लागि लोकप्रिय भएर पनि बिकासका दृष्टिले ओझेलमा परेका बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्थानीय भक्तजनले पुराण लगाएर केही बर्ष पहिले मन्दिर बनाएका थिए । त्यसपछि नगरपालिकाले एउटा ट्वाईलेट र बाथरुम बनाई थियो । अरु केही काम हुन सकेको छैन ।”

मन्दिरको संरक्षण र विकासका लागि करिब ६० लाख रुपैया बजेट जतिको प्रोजेक्ट आवश्यक रहेको पनि उहाँले सुनाउनुभयो । उक्त मन्दिरको दर्शन गरि फर्किदै गरेकी सिन्धुली बहुमुखि क्याम्पसमा स्नातक तहमा अध्ययनरत एक छात्रा नाम उल्लेख नगर्ने शर्तमा भन्नु भयो, “अविवाहित युवायुवती माझ गणेस्थान मन्दिर निकै लोकप्रिय नै बनेको छ ।”

“अहिलेसम्म दुई पटक आँए, अझै एक पटक आउने छु” उहाँले अगाडी भन्नु भयो, “जीवनसाथि राम्रो होस भन्ने जो सुकैलाई पनि चाहना हुन्छ । त्यो नौलो कुरा होईन । गणेस्थानको दर्शन गरेमा मागेको कुरा पुग्छ भन्ने सुनेकीले आएकी हुँ ।”

बीपी राजमार्ग निर्माण भई यातायात सञ्चालनमा आएपछि उक्त मन्दिरमा आउने भक्तजनको सङ्ख्या वर्सेनि बढेको स्थानीय बासिन्दा बताउछन् । सदरमुकामबाट पिपलभञ्याङसम्म बसमा गएर एक घण्टा पैदल हिडेपछि उक्त मन्दिरमा पुग्न सकिन्छ ।

स्थानीय मावि निबुवाटारमा कार्यरत शिक्षक पोतबहादुर श्रेष्ठ गणेस्थान मन्दिरको प्रचारप्रसार गरी सम्बन्धित निकायले धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरेमा पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने धारणा व्यक्त गर्नु हुन्छ ।

उहाँले भन्नुभयो, “सरकारी निकायको आँखामा यो मन्दिर अहिलेसम्म ओझेल पर्दै आएको छ । यसको भौतिक पुर्बाधार निर्माणमा समेत कसैले पनि चासो देखाएको पाईदैन ।” आन्तरिक पर्यटक बीच गणेस्थान मन्दिर लोकप्रिय रहेकाले यस्को विकास गरि धेरै प्रचारप्रसार गर्न सके विदेशी पर्यटक पनि आकर्षित हुने स्थानीय बासिन्दा

प्रतिक्रिया